शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सलहसँग सर्तक रहनुस् तर नआत्तिनुस् : कृषि मन्त्री

सोमवार , आषाढ १५, २०७७

सिन्धुली,१५ असार – कृषि मन्त्री घनश्याम भुसालले सलह किरा देखि नआत्तिन किसानलाई अनुरोध गर्नु भएको छ । सलह किरा प्रबेश गर्नेवित्तिकै आत्तिनुपर्ने अवस्था आएको छैन, उहाँले भन्नु भयो, “सर्तक र सचेत रहनुपर्छ तर आत्तिनु हुदैन ।”

असार पन्ध्रमा मनाइने धान दिवश मनाउन विपी राजमार्गहुदै उदयपुरतर्फ जाने क्रममा प्रेस संगठन सिन्धुलीले सिन्धुलीमाढीमा आईतवार गरेको पत्रकार भेटगाट कार्यक्रममा बोल्दै यस्तो बताएका हो । सलह किराले कत्तिको हानी पुर्‍याउछ भन्ने निश्चित भइनसकेको भन्दै मन्त्री भुषालले हावाको वाहब भारतमा सलह गएको बाटो लगायतका कुराहरुले यसलाई निर्धारित गर्ने बताउनु भयो ।

स्थानिय तहमार्फत धुवा लगाउने माइकहरु बजाउने लगायतका ठुला ठुला आवाज निकाल्ने जस्ता क्रियाकलाप गर्नलाई संकलन गर्ने कार्य भएको छ, उहाँले भन्नु भयो, “हालसम्म सलहले त्यस्तो क्षति नगरेको र कत्तिको क्षति हुन्छ त्यो विषयमा छलफल भइरहेको छ ।” पालिका तथा प्रदेश सरकारले विभिन्न क्रियाकलाप गरि सलह नियन्त्रण गर्ने कार्य गर्न सकिने र सलह नियन्त्रण गर्नकै लागि बजेट अभाव भए केन्द्र सरकारले बजेट व्यवस्था गर्नेछ, मन्त्री भुषालले बताउनु भयो । मन्त्री भुसालले वारा, पर्सा र रौतहट, सर्लाही र कपिलवस्तु जिल्ला हुदै सलह किरा पहाडी जिल्ला सिन्धुली उत्तरतिर लागेको बताउनु भयो ।

कृषि मन्त्रालयले कृषिमा आत्मानिर्भर बनाउनका लागि संरक्षित र सुनिश्चित बचतमा हालको बजेट केन्द्रित भएको बताउनु भयो । विश्वका विभिन्न देशले कृषिलाई संरक्षित गरेर बचाएका कारण नेपाल सरकारले पनि संरक्षण गर्न लागेको उहाँले बताउनु भयो । उत्पादन देखि व्यवस्था भण्डारण र किसानको खरिद विक्रि गर्ने व्यवस्था समेत स्थानिय तहले लिनुपर्ने मन्त्री भुषालको भनाइ छ । उत्पादनमा युवा स्वयम् लाग्नुपर्ने भन्दै उहाँले अब सरकारले अनुदान नदिने बताउनु भयो । हामी सहुलियत ऋण दिएर कृषिमा सघाउछौ तर अनुदान दिदैनौ, उहाँले भन्नु भयोले, “कृषिलाई संरक्षण गरेर अगाडी बढ्दैछौ ।” कृषिको साधन स्रोत अधिकार तल्लो तहमै दिएर बलियो बनाउनुपर्ने उहाँको धारणा छ । बजेट संरक्षित कृषि र सुनिश्चित बचतमै केन्द्रित रहेको भुषालले बताउनु भयो ।

प्रतिक्रिया