सिन्धुली । सिन्धुली जिल्लाको कमलामाई नगरपालिकाको विभिन्न ठाँउमा भारतबाट प्रवेश गरेको सलह किरा फट्याङग्राको झुण्ड देखिएको छ ।
नगरपालिकाको वडा नं. २ को खोल्माडाँडा, खोपी खर्क, चियाबारी, सिमबारी, लामीस्वारा, मुडेखर्क, खुर्सानीडाँडा, वडा नं. ८ को कर्करे माईस्थान र वडा नं. १० को भँडार, बाघमारा क्षेत्रमा सलह किरा झुण्ड झुण्ड समूहमा देखिएको नगरपालिकले जनाएको छ ।
नगरपालिकाका कृषि शाखाका प्राविधिक देबीप्रसाद सापकोटाका अनुसार कृषि शाखा संयोजक तथा उपमेयर सहितको कृषि प्राविधिक टोलीले सलह किराको झुण्ड देखिएको ठाँउको स्थलगत निरिक्षण गरी अध्ययन गर्न सुरु गरेको छ । उक्त टोलीले आईतबार वडा नं. २ मा गएर किसानसँग सलह किराको बारेमा छलफल गरी अध्ययन गरेको टोलीमा संलग्न प्राविधिक सापकोटाले जानकारी दिनुभयो ।
‘शनिबार दिउसो ठूलो सङख्यामा कमलामाई नगरपालिकाको विभिन्न ठाँउमा झुण्ड बनाएर आएको किरा सलह नै भएको पाईयो’, उहाँले भन्नुभयो, ‘किसानलाई हतोत्साहित हुन नदिन घरायसी रोकथाम गर्ने उपाए जस्तै टिन ठटाउने, ठूलो आवाज आउने रेडियो, क्यासेट, स्पीकर लगायतका यान्त्रीकरण बजाउने, नियमित खेतबारीमा गएर लोरो, झुल र धुवा प्रयोग गर्ने जस्ता उपभया सुझाएका छौं ।’
अहिले सलह किरा पानी परेका कारण बाँस, रुख र घारीमा झुण्डको रुपमा बसेको र घाम लागेको बेला हरियो, कलिला मूना, डाँठ खाएर क्षे ती बढी क्षेती गर्ने उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘अनुसार करोडौंको सङख्यामा आउने सलह किरा अहिले थोरै सङख्यामा झुण्ड बनाएर आएको छ । खतमै पार्ने भयो भनेर निरास हुनु पर्ने अवस्था छैन, फेरी त्यो भनेर चुप लागेर घरमै बसि रहने अवस्था पनि छैन ।’ कृषि प्राविधिक सापकोटाका अनुसार सलह ठूला ठूला फट्याङ्ग्राहरूको विशाल बथान हो । हावाको दिशा पछ्याएर १३० किमि प्रति घण्टासम्मको गतिमा समूह बनाएर उड्ने यी किराको बथानमामा ४ देखि ८ करोड सम्मको संख्या हुने बताईएको छ ।
कृषि ज्ञान केन्द्र सिन्धुलीका वागबानी विकास अधिकृत एवं सूचना अधिकारी श्रीकृष्ण अधिकारी पनि नगरपालिकाको विभिन्न ठाँउमा शनिबार झण्ड बनाई आएको किरा सलह नै भएको बताउनुभयो । बाघमारा क्षेत्रबाट प्राविधिक टोलीले सङकलन गरी ल्याएको नमूनाबाट सलह किरा भएको निक्र्यौल भएको उहाँले जानकारी दिनुभयो ।
किसानले लगाएका मकै तथा धानको ब्याड र जङगलको रुख विरुवामा समेत छपक्कै ढाकेर सलह भेटीएको कमलामाई नगरपालिका–२ खोल्माडाँडा निवासी किसान प्रेम बम्जनले जानकारी दिनुभयो । उहाँका अनुसार शनिवार दिउँसो करीब १/२ बजेको समयपछि सलहको सङक्र म ण देखिएको हो । ‘सलह मकै र धानको रौपदै नरोपेको ब्याडमा बसेपछि स्थानीय जम्मा भएर टिन ठटाएर लखेट्न थालेका छौं,’ उहाँले भन्नुभयो ।
किसानले लगाएको मकैमा सलह फट्याङ्ग्रा बसेर क्षे ती गर्न थालेको स्थानीयको भनाई छ । जिल्लामा पहिलो पटक आईपुगेको सलहले गरेको क्ष ति बारे केही खुल्न नसकेपनि यसको नियन्त्रण गर्न संवेदनसिल भएर लाग्नु पर्ने कृषि प्राविधिकको सुझाव छ । अमेरीकी फौजि किराको स ङक्रमणबाट बचेको मकै लगायतका अन्बालीमा फेरी सलह देखिएपछि किसान आत्तिएका छन् ।
स्थानीयका अनुसार अनुसार जिल्लाको सदरमुकाम क्षेत्रमा धान बाली र महाभारत क्षेत्रमा लगाइएको मकै बालीमा सलहले क्षे तीगर्न सक्ने सम्भावना बढेको छ । यसैबीच कृषि तथा पशुपन्छी विकास मन्त्रालयले शनिवार एक प्रेस विज्ञप्ती जारी गर्दै भारतको बिहारतर्फबाट प्रबेश गरेको सलह फट्याङ्ग्रा सिन्धुली, बारा, पर्सा, सर्लाही, र रुपुन्देही लगायतका जिल्लामा आइपुगेको जनाएको हो । मन्त्रालयका सहसचिव एवं प्रवक्ता डाक्टर हरिबहादुर केसीद्धारा हस्ताक्षरीत प्रेस विज्ञप्तीमा शनिवार तराईका विभिन्न सिमानाका हुँदै नेपाल प्रबेश गरेको सलहको एउटा सानो झुण्डको उपस्थिती सिन्धुली लगायतका पाँच जिल्लामा देखिएको उल्लेख छ ।