शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सिन्धुुलीमा मृ त्यू भएको महिलाकोे कोरोना रिपोर्ट यस्तो

शनिवार , आषाढ १३, २०७७

सिन्धुली,१३ असार– सिन्धुली अस्पतालमा मृत्यु भएको महिलामा कोरोनाको सं क्रमण नदेखिएको पाइएको छ ।

मृ तकको कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएकाले स्वाब संकलन गरी पी सीआर परीक्षणका लागि शुक्रवार काठमाडौें टेकु पठाएकोमा रिर्पोट निगेटिभ आएको सिन्धुली अस्पतालको ब्यबस्थापक बिमल श्रेष्ठले जानकारी दिनु भयो ।

महोत्तरीको पाटु घर भई माइती घ्याङलेक गाउँपालिका १, सिम्ले आएकी २१ वर्षीया मृतक महिला बिहीबार साँझ अस्पतालको इमेर्जेन्सीमा बिहिवार बेलुकी सिन्धुली अस्पतालमा उपचार गर्न आएकी महिलाको बिहिवार राती ८ः३० बजे मृत्यु भएको श्रेष्ठले बताउनु भयो ।

असार ३ गते पाटुबाट सिन्धुलीको माइतीघरमा आएर बसेकी ती महिलालाई उपचारमा ल्याउन ढिला हुँदा मृ त्यु भएको चिकित्सकको भनाई छ । “अस्पतालमा बि रामी ल्याउँदा ज्वरो आएको तीन–चार दिन बढी भइसकेको रहेछ । घरमै जडिबुटीको भर परेर समयमा अस्पताल नल्याउदा उनलाई ब चाउन सकिएन”अस्पताल श्रोतले बतायो ।

प्रतिक्रिया