सिन्धुली,१३ असार– सिन्धुलीको घ्याङलेख गाँउपालिकाले सोलाभन्ज्याङमा नेपाल सरकार, प्रदेश सरकार र सबै दातृ निकायको सहयोगमा १५ शैयाको अस्पताल निर्माण गर्ने कार्यको थालनी गर्न भएकोे छ ।
गाँउपालिकाले बुधबार सार्बजनिक गरेको आगामी आर्थिक बर्ष ०७७/०७८ का लागि सार्बजनिक गरेको नीति तथा कार्यक्रममा सो कुरा उल्लेख गरिएको छ । एक पालिका एक सामुदायिक अस्पतालको नीति अनुसार गाउँपालिकाको नाममा उक्त अस्पताल निर्माण गर्न लागिएको हो ।
गाँउपालिका अध्यक्ष जगतबहादुर भोलनले घ्याङलेख गाँउपालिकाले आगामी आर्थिक बर्षका लागि ३२ करोड ६३ लाख रुपियाको हाराहारीमा बजेट प्रस्तुत गरेको जानकारी दिदै अन्तिम रुप दिन बाँकी रहेको बताउनुभयो ।
सार्बजनिक गरेका नीति तथा कार्यक्रममा घ्याङलेखको छहारी ! शिक्षित छोरी, बुहारी, एक घर एक धारा, राहत हैन रोजगारीे मामका लागि काम, एक वडा एक खेल मैदान, युवाको पौरख– घ्याङलेखको गौरव नामक कृषि व्यवसायिक उद्यमशिलता, ग्रिन घ्याङलेख, क्लिन घ्याङलेख जस्ता आकर्षक कार्यक्रम सञ्चालन गर्ने जनाइएको छ ।
उक्त नीति तथा कार्यक्रममा विश्वभर फैलिएको को भिड–१९ नामक म हामारी लगायत सबै खाले म हामारीको रोकथाम तथा नि यन्त्रणका लागि संघ, प्रदेश सरकार, सिमाना जोडिएका पालिकाहरु र सरोकारवाला संघ संस्था संगको सहकार्य र सहयोगमा प्रतिकार्य योजना तयार गरी कार्यान्वयन जनाईएको छ ।
को भिड–१९ को म हामारी रोकथाम तथा नि यन्त्रणका लागि हाल पालिकाले आफ्नै खर्चमा एक सय जनालाई सहजताका साथ राख्न सकिने गरी क्वारेन्टाईन व्यवस्था गरिएकोमा आ.व. २०७७/०७८ मा समेत छुट्टै कोरोना उपचार तथा रोकथाम कोष खडा गरी सोबाट क्वारेन्टाईन व्यवस्थापन, कन्ट्रयाक्ट ट्रेसिङ्ग, जनचेतनामूलक कार्यक्रम संचालन, अशक्त तथा अति विपन्न बर्गको संरक्षण गर्ने नीति तय गरेको गरेको छ । गाउँपालिका भित्र रहेका स्वास्थ्य चौकी र सामुदायिक स्वास्थ्य इकाईको भौतिक पूर्वाधार र जनशक्तिको व्यवस्थापन गर्दै औषधि लगायत स्वास्थ्य तथा सुरक्षा सामाग्रीहरुको पर्याप्त व्यवस्था गरी स्वास्थ्य सेवालाई सुदृढ गरी निशुल्क स्वास्थ्य जाँच तथा औषधी वितरणको व्यवस्था मिलाउने भएको छ ।
स्वास्थ्य नीति अन्तर्गत नै सुरक्षित प्रसुति सेवाका लागि नेपाल रेडक्रस सोसाईटी संग सहकार्य गरी निशुल्क एम्वुलेन्स सेवा उपलब्ध गराईने कार्यलाई निरन्तरता दिईने, गाउँपालिकावासीहरुमा योग गरौं स्वस्थ बनौँ भन्ने भावनाको विकास गराइने, आयुर्वेद चिकित्सा प्रणालीको विकासको लागि सहयोग पुर्याईने, सुरक्षित मातृत्व तथा आमा सुरक्षा कार्यक्रमलाई प्रभावकारी रुपले कार्यान्वयन गरिने, पौष्टिक खाना खाने बानी गराई कुपोषणलाई न्यून गर्न विशेष कार्यक्रम संचालन गर्न पहल गरिने उल्लेख गरिएको छ ।
त्यसैगरी वार्षिक रुपमा कम्तीमा एक पटक पालिका भित्र विशेषज्ञ सहितको स्वास्थ्य सेवा शिविर संचालन गरिने व्यवस्था मिलाईने, क्षयरोग, औलो, डेंगु, एच आई भि एड्स जस्ता सर्ने रोगहरु र नसर्ने रोगहरु पत्ता लगाई उपचार पद्धतीमा ल्याई रोगको न्यूनिकरण गरिने, सम्पूर्ण स्वास्थ्य संस्थामा प्रभावकारी किशोर किशोरी स्वास्थ्य सेवाको उपलब्धता र सुनिश्चितताका लागि विभिन्न कार्यक्रम संचालन गरिनेछ, मातृशिशु तथा बाल्यकालिन पोषणमा सुधार ल्याउन विभिन्न स्थानमा (विभिन्न कार्यालयहरु, स्वास्थ्य संस्था, सार्वजनि स्थान) स्तनपान कक्षको निर्माण, स्वास्थ्य संस्था, विद्यालयहरुमा पोषण कर्नरको स्थापना, स्थानीय स्तरमा पोषणयुक्त पिठो(सर्वोत्तम पिठो), एक बार खाना चारको अवधारणको विकास गर्ने वारे सचेतिकरण कार्यक्रम संचालन गर्न विशेष पहल गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
स्वास्थ्य क्षेत्रमा क्रियाशिल संघ संस्थाहरुबीचको समन्वयलाई सुदृढ तुल्याई गाउँ क्षेत्र भित्र वा नजिक रहेका रक्त संचार केन्द्र, सामुदायिक अस्पताल जस्ता संस्थालाई क्रियाशिल बनाउन आवश्यक सहयोग गर्ने व्यवस्था मिलाईने स्वास्थ्य नीतिमा उल्खेल गरिएको छ ।
त्यस्तै गाँउपालिकाको शिक्षा नीति अन्तर्गत “घ्याङलेखको छहारी ! शिक्षित छोरी, बुहारी !!” को कार्यक्रमको थालनी गरी माध्यमिक शिक्षा (कक्षा १२) उत्तीर्ण गरेका पालिका भित्रका छोरी बुहारीहरुलाई उच्च शिक्षा अध्ययन गर्न प्रोत्साहन गर्दै अभिभावकलाई सम्मान गर्ने कार्यक्रमको थालनी, पूर्वाधारयुक्त कक्षा १२ संचालित गाउँपालिका भित्रका कुनै पनि एक विद्यालयलाई क्याम्पस स्थापना गर्न सहयोग गरिने, एक गाउँपालिका एक प्राविधिक शिक्षालयको स्थापनाको नीति अनुरुप कुनै एक विद्यालयलाई प्राविधिक धारको विद्यालयको रुपमा स्थापना गर्न सहयोग गरिने, सामुदायिक विद्यालयहरुलाई भौतिक पूर्वाधार बढाउदै अनलाईन र दुरशिक्षाको माध्यमबाट पठनपाठन गराउन सकिने गरी आवश्यक पूर्वाधारको विकास गरिेने, अंग्रेजी माध्यममा सञ्चालित विद्यालयलाई थप प्रोत्साहन गरिने जनाईएको छ ।
प्राथमिक उमेर समूहका सम्पूर्ण बालबालिकाहरुलाई विद्यालय भर्ना गर्न गराउन प्रोत्साहित गरिनेछ, बालमैत्री शिक्षण पद्धतिको विकास गरिने, जेहन्दार, गरिब, विपन्न र अपांगता भएका बालबालिकाहरुलाई पाठयपुस्तक, पाठय सामाग्री र पोशाक लगायत सामाग्री उपलब्ध गराई अभिभावकत्व प्रदान गर्न स्वदेश तथा विदेशका नागरिकहरुलाई प्रोत्साहित गरिने, नेत्रहीन, सुस्त श्रवण, सुस्त मनस्थिति लगायत भिन्न क्षमता भएकाहरुको लागि विशेष शिक्षा व्यवस्था गर्न पहल गरिने, गाउँपालिका क्षेत्रमाभ्( ीष्दचबचथको स्थापनामा सहयोग गरिने, सामुदायिक बिद्यालयमा शिक्षक बिद्यार्थी अनुपातको आधारमा शिक्षक दरबन्दी मिलान गरिने शिक्षा नीति तथा कार्यक्रममा उल्लेख छ ।
शिक्षा ऐन, नियम र योजनाको तर्जुमा तथा परिमार्जन गरी कार्यविधि र मापदण्ड समेत निर्माण गरिनेछ, किशोर–किशोरी शिक्षा तथा जीवनोपयोगी सीप विकासको माध्यमले विद्यालय वाहिर रहेका बालबालिकालाई शिक्षाको मूलधारमा ल्याउने कार्यक्रम संचालन गरिनेछ, माध्यमिक विद्यालयलाई विज्ञान प्रयोगशाला र आइसिटि मैत्री बनाउदै लगिने, एकिकृत प्रारम्भिक बालविकास योजना तयारी तथा कार्यान्वयन गरिने, शैक्षिक ब्यवस्था सुदृढिकरण गरी गुणस्तरीय आधारभूत शिक्षा सुनिश्चित गरिने, सबै विद्यालयहरुमा सुरक्षित स्थान पहिचानको व्यवस्थापन तथा विद्यालय सुरक्षित नक्सा निर्माण गरिने जनाईएको छ ।
त्यसैगरी खानेपानी तथा सरसफाई नीति अन्तर्गत स्वच्छ खानेपानीमा सम्पूर्ण गाउँबासीलाई पहुँच कायम गर्न संभाव्यता अध्ययन गरी गाउँलाई “एक घर एक धारा” को रुपमा विकसित गर्न सम्बन्धित निकायमा पहल गर्नुका साथै गाउँपालिकाबाट साझेदारी गरिने, वडाका मुख्य चोक तथा सार्वजनिक स्थानहरुमा सार्वजनिक शौचालय निर्माण गरिदै लगिने, पानी शुद्धिकरण गर्नेअभियान तथा कार्यक्रमहरु संचालन गरिने उल्लेख गरिएको छ ।
समाबेशिकरण÷गरिबी निवारण तथा कला नीति अन्तर्गत बालसंरक्षण प्र्रणाली स्थापना र सबलीकरण गरिने, बाल सुरक्षा केन्द्र, महिला सुरक्षा केन्द्र र ज्येष्ठ नागरिकको सेवा केन्द्र स्थापनाको लागि आवश्यक पहल गरिने बाल विकास केन्द्र खडा गरी आवश्यक पाठ्य सामाग्री उपलब्ध गराइने, जेष्ठ नागरिक परिचय पत्र बितरण कार्यको थालनी गरिने जनाईको छ ।
रोजगारी तथा मानव संशाधन विकास नीति अन्तर्गत विकास निर्माणमा युवा जनशक्ति परिचालन गरी दिगो विकासका लक्ष्य पुरा गर्न बेरोजगार व्यक्तिको अभिलेखीकरण कार्यक्रम संचालन, युवा तथा विदेशबाट रोजगारी गुमाई फर्किएका नागरिकहरुको लागि कृषि तथा पशुपालन व्यवसायको प्रवद्र्धन गरी रोजगारीको अवसर सिर्जना, ”राहत हैन रोजगारीे, मामका लागि काम” भन्ने उद्धेश्यका साथ गाउँपालिकाबाट संचालन हुने सबै विकास निर्माणमा अधिक्तम जनशक्ति प्रयोग हुने योजनालाई प्राथमिकता दिई संचालन गरिने छ । प्रधानमन्त्री रोजगार कार्यक्रमलाई उत्पादनमुखी योजना निर्माणमा लगाईने नीति तथा कार्यक्रममा उल्लेख छ ।
पालिका भित्रका सवै वडामा कम्तीमा एक एक वटा खेल मैदानको विकास गरी फुटवल, भलिवल, क्रिकेट, ब्याडमिन्टन जस्ता खेलकुदलाई प्रोत्साहन गर्न गाउँस्तरीय खेलकुद समितिको स्थापना, युवाहरुलाई खेलकुदमा आकर्षित गर्न अध्यक्ष कप र राष्ट्रपति रनिङ्ग शिल्ड जस्ता खेलकुद प्रतियोगिता आयोजना, राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरका खेलकुदमा भाग लिने पालिका क्षेत्र भित्रका उत्कृष्ट खेलाडी तथा जित हाँसिल गराउन सहयोग पु¥याउने प्रशिक्षकहरुलाई प्रोत्साहन गर्न पुरस्कार र सम्मानको व्यवस्था मिलाईने जनाईएको छ ।
आर्थिक विकास नीति अन्तर्गत कृषि तथा पशुपालन क्षेत्रलाई प्राथमिकता दिइएको छ । बढदो वैदेशिक रोजगारीको परनिर्भरतालाई न्यूनीकरण गर्दै युवालाई कृषि उद्यममा आकर्षित गर्न “युवाको पौरख– घ्याङलेखको गौरव” नामक कृषि व्यवसायिक उद्यमशिलता कार्यक्रम संचालन गाँउपालिकाले गर्ने भएको छ ।
जमिन बाझो राख्न नपाईने नीति अवलम्बन गरिने, वडा वडामा आग्र्यानिक खेती गर्न कृषकलाई प्रोत्साहन गर्ने कार्यको थालनी, कृषि सहकारितालाई प्रोत्साहित गर्दै उत्पादकत्व वृद्धि गर्न सवैखाले सहयोग, आधुनिक उन्नत पशु उत्पादनमा जोड दिदै कृषकहरुलाई दुग्ध तथा मासुजन्य उत्पादनमा प्रोत्साहित गरिने, उन्नत पशुपालन, पशु विमा, गोठ सुधार जस्ता कार्यक्रमहरुलाई प्रोत्साहित गरिने उल्लेख गरिएको छ । सबै वडाका सम्भावित पर्यटकीय क्षेत्रको खोजी गरी पर्यटन प्रवद्र्धन र विकास गरिने, सवै मठ मन्दिर, गुम्बा, चैत्य, चर्च सवैको संरक्षण तथा सुधार गरिने जनाइएको छ । एक स्थानीय तह, एक औद्योगिक ग्राम स्थापना गर्ने संघीय सरकारको नीति अनुरुप गाउँपालिका भित्र औद्योगिक ग्राम स्थापनाको लागि भौतिक पूर्वाधारको विकास, घ्याङलेख गाउँपालिका क्षेत्र भित्र लघु उद्योग, घरेलु उद्योग तथा साना उद्योग स्थापनाका लागि प्रोत्साहित गरिने जनाईएको छ ।
“ग्रिन घ्याङलेख, क्लिन घ्याङलेख” को अवधारणा अनुरुप यस क्षेत्रमा रहेका मुख्य मार्ग र अन्य सडकको दायाँ वायाँ सार्वजनिक निजी साझेदारी नीति अनुरुप बृक्षारोपण गरी हरित सडकको रुपमा विकास गर्ने नीति लिईने भएको छ । गाउँपालिकाको फोहोरमैला व्यवस्थापनमा निजी क्षेत्रलाई समेत सहभागी गराई फोहोर मैला व्यवस्थापन गरिने भएको छ ।
त्यसैगरी विश्वेश्वर प्रसाद कोईरालामार्गको पिपलभन्ज्याङबाट यस गाउँपालिका जोडने मुख्य मार्गको रुपमा रहेको पिपलभन्ज्याङ– हायुटार– सोलाभन्ज्याङ २९ कि.मि.सडक लाई सवै पूर्वाधार भएको पक्की सडकको रुपमा विकास गर्न पहल गर्दै सोलाभन्ज्याङ–चौकीटार बेलबोट हुदै रामपुर सम्म जाने१३ कि.मि.सडक लाई बाहृै महिना विना अवरोध सवारी साधन संचालन हुने सडकको रुपमा विकास गरिने नीति लिईएको छ ।
नयाँ घर निर्माणको नक्सा पास गर्दा र पुराना घरको नियमित/ अभिलेखीकरण गर्दा कम्तीमा ”एक घर एक विरुवा, एकघर फूल सहितको पाँच गमला“ लगाई हुर्काउनु पर्ने व्यवस्थाको थालनी गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
नीति तथा कार्यक्रम अनुसार ईन्टरनेटको माध्यमबाट सबै वडा कार्यालयबाट प्रदान भएका सेवालाई गाउँपालिकासँग जोडिने छ । विद्युतीय अनुगमनको शुरुवात गरिनेछ । अनलाइन मार्फत सेवा प्रवाह गर्दै सूचना प्रवाहलाई प्रभावकारी बनाइने छ । गाउँपालिका भित्रगाउँ पत्रकार संजाल निर्माण गर्न सहयोग गर्दै पत्रकारिता प्रशिक्षणको लागि तालिमको व्यवस्था गरिनेछ । गाउँपालिका, वडा कार्यालय, विद्यालय, स्वास्थ्य चौकीहरुमा ईन्टरनेट सेवाको उपलब्धता बढाई अनलाईन सेवाको विकास गरिनेछ ।