शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सिन्धुलीमा थप तीन जनामा को राना पुष्टी

शुक्रवार , आषाढ १२, २०७७

सिन्धुली ,१२ असार – सिन्धुली जिल्लामा थप तीन जनामा शुक्रबार को रोना सं क्रमण पुष्टी भएको छ । कमलामाई नगरपालिका वडा ७ र १० मा एक/एक जना र दुधौली नगरपालिका–३ मा एक जनमा कोरोना सं क्रमण पुष्टि भएको सिन्धुली अस्पतालले जनाएको छ ।

अस्पतालका व्यवस्थापक बिमल श्रेष्ठले उनीहरुको स्वाब किटजन्य प्रयोगशाला हेटौंडामा पीसीआर परीक्षणबाट रिपोर्ट कोरोना पोजिटिम आएको बताउनुभयो । हेटौडाबाट रिपोर्ट आउन बाँकी रहेकाले उनीहरुको उमेर भने खुली नसकेको उहाँको भनाई छ ।

रिपोर्ट आएपछि तीनै जनालाई सिन्धुली अस्पतालमा ल्याएर आ इसोलेसन कक्षमा भर्ना गरी उपचार गरिने व्यवस्थापक श्रेष्ठले जानकारी दिनुभयो । सिन्धुली अस्पतालमा हाल को रोना सं क्रमित कमलामाई नगरपालिका–१० का एक युवकको उपचार भई रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

सं क्रमित तीनै जना भारतबाट रोजगारी गु माएर फर्किएका र स्थानीय क्वा रेन्टाइनमा रहेका उहाँले जानकारी दिनुभयो । सिन्धुली जिल्लामा यो सहित को रोना सं क्रमित व्यक्तिको संख्या सात पुगेको छ । यस अधिको को रोना सं क्रमित चार मध्ये तीन जना सिन्धुली अस्पतालमा उ पचार गरी को रोनालाई जीतेर घर गई सकेको छन् ।

को रोना जितेर घर जानेहरुमा कमलामाई नगरपालिका–११ का १७ बर्षिय राजु गोले र कमालमाई नगरपालिका–१४ का २३ बर्षिय मनोज गदौली र तिनपाटन गाँउपालिका–३ का २५ बर्षिय चन्द्रबहादुर गोले रहेका छन् । घर पठाईएका तीनै जनालाई सिन्धुली अस्पतालले दुबोको माला, खादा, र अविर लगाएर बेहुलाझैं सिंघारेर घर पठाएको थियो ।

सिन्धुली जिल्लाको नौ वटै स्थानीय तहमा ४५५ वटा क्वा रेन्टाईन बेड र ३३ वटा आईसोलेसन बेड रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार विभिन्न ठाँउका क्वा रेन्टाईनमा सोमबारसम्म १०९ जना व्यक्ति बसि रहेका छन् ।

प्रतिक्रिया