शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुली बजारमा चहलपहल बढ्दै, छैन पर्याप्त सतर्कता

बिहिवार , आषाढ ११, २०७७

सिन्धुली,११ असार – लामो समयको ल कडाउनका कारण हरेक क्षेत्र प्र भावित भइरहेका बेला सर्तसहित खुकुलो पारिएको ल कडाउन सिन्धुलीमा धेरैले पालना नगरेको पाइएको छ । यसले गर्दा सं क्रमणको ख तरा पनि बढेको छ ।

लामो ल कडाउनका कारण जनजीवन अ स्तव्यस्त बनेको, रो गले भन्दा पनि भोकले मर्ने अवस्था आएको भन्दै ल कडाउनको अवज्ञा गर्न थालेपछि सरकारले चैत ११ गतेदेखिको ल कडाउन असार १ गतेदेखि खुकुलो बनाएको थियो ।

ल कडाउन खुकुलो बनाइएपछि सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाढीमा रहेका धुराबजार, एक नम्बर बजार, दुई नम्बर बजार, ढुंगे्रबास र सदरमुकाम बाहिरका खुर्कोट, भिमान, डकाहा, दुधौली, रातमाटा बजार लगायत ठाउँमा मानिसको चहलपहल ह्वात्तै बढेको छ । दिन प्रतिदिन सं क्रमितको संख्या बढिरहेको छ, तर कतिपय क्षेत्रमा सं क्रमणको जो खिम सकिएझैं मास्क नलगाई, शारीरिक दूरी कायम नगरी हिडिरहेको देखिन्छ ।

सिन्धुली उद्योग बाणिज्य संघका अध्यक्ष अम्रेशचन्द्र वैदारका अनुसार सं क्रमण सकिएझैं सामान्य स्वास्थ्य स तर्कता नअपनाई व्यवहार गर्दा जो खिम अवस्था रहेको छ । नाकाहरुमा क डाई गर्नु पर्ने र परिक्षणको दायरा बढाउनु पर्ने चर्चा गर्दै उहाँले कोठामा थुनेर मात्रै कोरोना नि यन्त्रण नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “कोठा भाडा तिर्नु पर्ने र बैंकको ब्याज तीनु पर्ने भएकोले पसल खोलर सञ्चालन गर्नु व्यवसायिको बाध्यता बनेको छ । शिक्षकहरुलाई नपढाई तीन महिना तलब खातामा आयो, हाम्रो कहाँबाट आउछ ।” स्थानीय सरकारको अकर्मण्यता, नालायिकीपन र लापर्बाहीले अहिले पनि कोरोनाको जोखिम उस्तै रहेको उहाँको भनाई छ ।

ल कडाउनको मोडालिटी चेन्ज भएपनि ल कडाउन हटाईएको छैन् । जिल्लाका अधिकांश ठाउँहरुमा उलंघन गर्दै अहिले होटल, लज तथा सैलुन र व्युटी पार्लर जस्ता व्यवसायहरु पनि खुलेका छन् । भिडभाड बढ्दै गएको छ ।

प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डे सामाजिक र भौतिक दुरी कायम गर्नु भनी बेलाबेलामा कार्यालयले सूचना जारी गरि रहेको बताउदै मानिसको चहल पहल बढेको बताउनुहुन्छ । कोरोना सं क्रमणको भय अझै नघटेके जनाउदै उहाँले व्यक्ति आफैले आफ्नो सतर्कता अप्नाउनु पर्ने सुझाउनुभयो । प्रजिअ पाण्डेले भन्नुभयो, “प्रहरीले पनि बेला बेलामा माईकिङ गरी भनी रहेको छ । सरकारले पनि पसल खोल्न र गाडी चल्न दिएको छ । सिन्धुलीमा मात्र नभई काठमाडाँैमा झन बढी भिड बढेको छ ।”

सदरमुकाम सिन्धुलीमाढीका बजारमा अधिकांश युवायुवतीहरु विना कामले हुल बाँधेर डुलेको देखिन्छ । उनीहरुको मुखमा माक्स समेत देखिदैन् । उनीहरु समूह भएर गफिएको दृश्य प्रत्यक्ष देख्न सकिन्छ ।

त्यसो त सिन्धुली जिल्लाम अहिलेसम्म ४७५ जनाको स्वाब संकलन गरी पिसिआर परिक्षण गरिएकोमा चार जनामा कोरोना सं क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । सिन्धुली अस्पताल का व्यवस्थापक बिमल श्रेष्ठ अझै एक जना कोरोना सं क्रमितको अस्पतालमा उपचार भई रहेको बताउनुहुन्छ ।

सदरमुकाम स्थित मल्लागाँउ निवासी डम्बर कार्की पनि कोरोना हटेझै सडकमा खुल्ला रुपमा भिडभाड गरी हिड्नाले र पसलमा देखिने भिडले कोरोना सं क्रमणको जोखिम नघटेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “बजारमा देखिने मानिसको चहल पहलले ल कडाउन हटेको जस्तै महसुस गर्न सकिन्छ । न त सामाजिक दुरी कायम नै गरिएको छ ।”

यस्तै नेपाल विद्युत प्राधिकरणमा विद्युतको महशुल बुझाउने पनि लाइन कम छैन् । भने बैंक तथा वित्तिय संस्थाहरु पनि त्यतिकै भिडभाड छ । सडक पेटी मै पसल राख्नेहरुको तछाड मछाड छ । कसैले पनि सामाजिक दुरी कायम गरेको देखिदैन् । यस्तै त्यतिकै मात्रामा सडकमा मोटर साइकल, अटो रिक्सा, निजी सवारी साधन गुडेको पाइन्छ । कसैले पनि स्वास्थ्य मापदण्डको अधिनमा रहेर चलेको स्थानीय बासिन्दा बताउछन् ।

प्रतिक्रिया