सिन्धुली– सिन्धुलीको फिक्कल गाँउपालिका–१ कि दलित महिला सदस्य र एक शिक्षक प्रहरीको फन्दामा परेका छन् । बासबसेको होटलमा राती अ नैतिक सम्बन्ध गरेको भन्दै दुवै जनालाई स्थानीयले बिहिबार विहान ७ बजेतिर नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका छन् ।
बुधबार भएको गाँउसभामा सहभागि हुन फिक्कल–४ खाङसाङ आएकी महिला सदस्य र एक विद्यालयका प्रधानाध्यापकलाई स्थानीयले नियन्त्रणमा लिई प्रहरी चौकी खाङसाङमा बुझाएका हुन् ।
खाङसाङस्थित एक होटलबाट बिहान स्थानीयले उनीहरुलाई नियन्त्रणमा लिएका थिए । होटलमा एउटै कोठामा बास बसेर अ नैतिक सम्बध गरेको स्थानीयले बताएका छन् । दुबै जनालाई नियन्त्रणमा लिने मध्येकी एक स्थानीयले महिला सदस्य (जनप्रतिनिधि) ले शिक्षकसँगै एउटै कोठामा सुतेको बताएको जानकारी दिइन् ।
उनले भनिन्, ‘हामीले सोध्दा एउटै कोठामा बसेको महिला सदस्यले बताएकी छिन् । शिक्षकले पहिलेदेखि नै सम्बन्ध राख्दै आएको र नआईज भन्दा पनि आउने गरेको बताएकी छिन् ।’ शिक्षककै कारण श्रीमानले आफुलाई कुट्ने गरेको पनि ती महिला सदस्य (जनप्रतिनिधि) ले स्थानीय समक्ष बताएको उनले सुनाइन् ।
प्रहरी चौकी खाङसाङका हवल्दार कुमार कार्कीले शिक्षकलाई घट्नाको बारेमा सोध्दा एउटै कोठामा छुट्टाछुट्टै खाटमा सुतेको र केही नगरेको बताएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘उजुरी पनि परेको छैन । खासै त्यस्तो देखिदैन ।’
वडा अध्यक्षले बोलाएकोले प्रहरी गएको उहाँले बताउनुभयो । घट्नाको सम्बन्धमा अनुसन्धान भई रहेको उक्त चौकीले जनाएको छ ।