शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

भु कम्पले भ त्काएका ४०६ विद्यालयले फेरे काँचुली

मंगलवार , आषाढ ९, २०७७

भु कम्पपछिको पुननिर्माण अन्तर्गत सिन्धुलीको फिक्कल गाँउपालिका–२ पोखरीमा निर्माण भएको मावि सुन्तलेको नयाँ भवन ।

सिन्धुली,९ असार – सिन्धुली जिल्लामा भु कम्पपछिको पुनःनिर्माण अन्तर्गत हालसम्म ४०६ वटा विद्यालयले नयाँ स्वरुप पाई काँचुली फेरेका छन् । भु कम्पले भत्काएको र चर्काएको विद्यालयमा नयाँ पक्कि भवन निर्माण गरी नयाँ स्वरुप दिईएको हो । जिल्लामा रहेका कुल ५७५ वटा विद्यालय मध्ये २०७२ सालमा आएको बिनासकारी भु कम्पबाट ५१३ वटा विद्यालय प्रभावित भएको थियो । भु कम्प प्रभावित विद्यालयमध्ये ४०६ वटा विद्यालयमा नयाँ भवन निर्माण गरिएको राष्ट्रिय पुननिर्माण प्राधिकारण जिल्ला आयोजना कार्यान्वयन ईकाई (शिक्षा) ले जनाएको छ । यो बर्ष मात्रै ५४ वटा विद्यालयमा नयाँ भवन निर्माण भएको र यसैसाता मात्रै ५९ वटा भवन निर्माणका लागि विद्यालयसँग सम्झौता भएको आयोजना प्रमुख शिबकुमार सापकोटाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘भु कम्प प्रभावित मध्ये कुनै नयाँ भवन बनाउनु पर्ने, कुनै मर्मत गर्नु पर्ने खालका छन् । २०७८ साउन भित्र सबै भु कम्प प्रभावित विद्यालयमा पुननिर्माण तथा मर्मत सकेर प्रोजेक्ट बाहिरीने योजना छ ।’ बाँकी विद्यालयको बास्तविकता अध्ययन गरि काम सुरु गरिने उहाँको भनाई छ । ‘बाँकी विद्यालयमा भवन जरुरी नहुन पनि सक्छ, धेरै बनाउनु नपर्ने होला भन्ने अनुमान छ,’ आयोजना प्रमुख सापकोटाले थप्नुभयो । अहिलेसम्म भु कम्प पछिको विद्यालय पुननिर्माणमा दुई अर्ब ६६ करोड रुपैया खर्च भई सकेको उक्त आयोजनाले जनाएको छ । भु कम्प प्रभावित विद्यालय मध्ये २६ वटा एसियाली विकास बैंक, ३७ वटा अन्य आईएनजिओ र बाँकी नेपाल सरकारको सहयोगमा निर्माण भई रहेको आयोजना प्रमुख सापकोटाले जानकारी दिनुभयो । यो बर्ष सम्झौता भएका ५९ वटा विद्यालय भवन निर्माणमा करिब ३० करोड रुपैया लाग्ने उहाँले बताउनुभयो । भु कम्पले भत्काएको तीन बर्षपछि फिक्कल गाँउपालिका–२ पोखरीस्थित मावि सुन्तलेले नयाँ स्वरुप पाएको छ । भु कम्पपछिको पुननिर्माण अन्तर्गत उक्त विद्यालयको भु कम्प प्रतिरोधि आधुनिक नयाँ भवन बनेको हो । भु कम्पले गल्र्याम्मै ढालेको उक्त विद्यालयको नयाँ आधुनिक भवन एसियाली विकास बैंकको ८८ प्रतिशत ऋण सहयोगमा निर्माण सम्पन्न भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुद्रबहादुर लुंगेलीले जानकारी दिनुभयो । भु कम्पपछि खुल्ला आकास मुनी हावाहुरी झेलेर पढ्दै आएका यहाँका विद्यार्थी आधुनिक सुविधासहितको नयाँ भवनमा पढ्न पाउदै निकै खुशी भएका उहाँले सुनाउनुभयो । उहाँका अनुसार नयाँ भवनमा कम्प्युटर कक्षा, बाल विकास कक्षा, प्रयोगशाला, प्रशासनिक कक्ष, भान्सा कोठा सहितको विद्यालयलाई चाहिने जति सबै सुविधा छ । भवनको कुल लागत पाँच करोड २४ लाख २५ हजार ५०८ रुपैया रहेको छ । त्यस्तै यो बर्ष सात महिनाभित्र ५७ वटा विद्यालयमा नयाँ भवन निर्माण गरिने भएको छ । आयोजना ईकाईका अनुसार उक्त भवन निर्माणका लागि छनौट भएका विद्यालयका प्रधानाध्यापक र विद्यालय ब्यवस्थापन समिति बीच केही दिनअघि सम्झौता सम्पन्न भएको हो । भूकम्पपछिको पुनःनिर्माण अन्तर्गत विद्यालयमा चार कोठे पक्कि भवन, तीन कोठे ट्रष्ट भवन र दुई कोठे ट्रष्ट भवन निर्माण हुन लागेको आयोजना प्रमुख सापकोटाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘यि सबै भवन २०७७ पुस मसान्तभित्र निर्माण गरि सक्नु पर्ने छ । यि विद्यालयसँगै खानेपानी र सौचालयको सुविधा पनि हुने छ ।’ चार कोठे पक्कि भवन निर्माणका लागि ६९ लाख रुपैया, तीन कोठे ट्रष्ट भवन निर्माणका लागि ३४ लाख रुपैया र दुई कोठे ट्रष्ट भवन निर्माणका लागि २३ लाख रुपैया बजेट बिनियोजन गरिएको पनि उहाँले सुनाउनुभयो । निर्माण हुने भवन मध्ये कमलामाई नगरपालिकामा चार वटा, दुधौली नगरपालिकामा सात वटा, गोलन्जोर गाँउपालिकामा पाँच वटा र घ्याङ्लेख गाँउपालिकामा एउटा चार कोठे पक्कि भवन रहेको छ । सुनकोसी गाँउपालिमा चार वटा, मरिण गाँउपालिकामा पाँच वटा, फिक्कल गाँउपालिकामा पाँच वटा, हरिहरपुरगढी गाँउपालिमा तीन वटा र तीनपाटन गाँउपालिकामा पाँच वटा पक्कि भवन निर्माण गरिने आयोजनाले जनाएको छ । त्यस्तै, तीन कोठे ट्रष्ट भवन दुधौली नगरपालिका, घ्याङ्लेख गाँउपालिका, मरिण गाँउपालिका र हरिहरपुरगढी गाँउपालिकामा एक÷एक वटा निर्माण हुनेछन् । दुई कोठे ट्रष्ट भवन मरिण गाँउपालिकामा दुई वटा, फिक्कल गाँउपालिकामा दुई दुई वटा, दुधौली नगरपालिकामा एउटा, तीनपाटन गाँउपालिकामा तीन वटा, हरिहरपुरगढी गाँउपालिमा एउटा, सुनकोसी गाँउपालिमा एउटा, घ्याङ्लेख गाँउपालिकामा एउटा र गोलन्जोर गाँउपालिकामा तीन वटा निर्माण गरिने भएको छ ।  

प्रतिक्रिया