शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीको भीमानलाई लिची पकेट क्षेत्र बनाइने

मंगलवार , आषाढ ९, २०७७

सिन्धुली,९ असार– कमलामाई नगरपालिकाले एक वटा, एक उत्पादन कार्यक्रम अन्तर्गत भिमानक्षेत्रलाई लिचीको पकेट क्षेत्र बनाउने भएको छ ।

सोही योजना अनुरुप नगरपालिकाको कृषि शाखाले भिमान क्षेत्रका किसानलाई आठ सय लिचीको बिरुवा बितरण गरेको जनाएको छ । शाखाका अनुसार लिची उत्पादनका लागि उपयुक्त हावापानी रहेको भीमान क्षेत्रमा ती विरुवा शनिबार वितरण गरेको हो ।

कमलामाई नगरपालिकाका उपप्रमुख तथा कृषि संयोजक मञ्जु देवकोटाले सशक्त महिला कृषि सहकारी संस्थाका अध्यक्ष मेनुका सुवेदीलाई विरुवा हस्तान्तरण गर्नुभएको हो । उक्त सहकारीले आफ्ना सदस्यहरुलाई लिचीको विरुवा वितरण गर्नेछ ।

कमलामाई नगरपालिकाका कृषि शाखाका कृषि प्राविधिक देवीप्रसाद सापकोटाका अनुसार, लिचीबाट किसानले मनग्य आम्दानी लिन सक्नेछन् । ७१ हजार चार सय रुपैयाँ लगानीमा आठ सय लिची विरुवा वितरण गरिएको हो ।

प्रतिक्रिया