शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुली लगाएत यी १७ जिल्लामा ‘हा इअलर्ट’

सोमवार , आषाढ ८, २०७७

 

काठमाडौं,८ असार – जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखाले काठमाडौं उपत्यकासहित १७ जिल्लामा बाढी आउने सम्भावना रहेको भन्दै हा इअलर्ट रहन आग्रह गरेको छ ।

विभागले एक सूचना जारी गर्दै नेपाल बाढी सूचनाले ससाना खोलाहरुमा बहाव बढ्ने र केहीमा स तर्कता तह आसपाससम्म पुग्ने सम्भावना रहेकाले तटीय क्षेत्रमा स तर्कताका लागि अनुरोध गरेको हो ।

सूचनामा भनिएको छ, “हाल सिन्धुली, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, मकवानपुर, का।उपत्यका चितवन, गोरखा, नवलपरासी, रुपन्देही, कपिलबस्तु, दाङ,अर्घाखाँची, गुल्मी, पाल्पा, स्याङजा, दाङ, बर्दिया र आसपास केहि स्थानमा मध्ययम देखि भारी बर्षा भईरहेको, उक्त जिल्ला भई बहने ससाना खोलाहरुमा बहाव बढ्ने र केहीमा सतर्कता तह आसपास सम्म पुग्न सक्ने संभावना रहेकोले तटिय क्षेत्रमा सतर्कता को लागि अनुरोध ।”

आगामी दिनदिनसम्म नदीहरुमा पानीको बहाव बढ्ने भएकाले सतर्क रहनसमेत अनुरोध गरेको छ । आज बागमती, नारायणी, पश्चिम राप्ती, बबईका ससाना सहायक नदीहरुमा बहाब बढ्ने र केहीमा आकस्मिक बहाब पनि हुनसक्ने जनाएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया