सिन्धुली ,७ असार– कमलामाई नगरपालिका–४ निवासी समाजसेवी प्रेमबहादुर पोख्रेलको ८५ बर्षको उमेरमा आईतबार विहान नि धन भएको छ ।
पछिल्लो समयमा क्यान्सर रोगबाट पीडित पोख्रेलको सोही स्थानमा रहेको निजी निवासमा आराम गरी बसेको अवस्थामा आईतबार विहान ८ बजे निधन भएको पारिवारीक स्रोतले जनाएको छ । निडर र हक्की स्वभावका धनी समाजसेवी पोख्रेलको जन्म वि.सं.१९९२ मा भएको थियो । उहाँको दुई श्रीमती, चार छोरा, र नौ वटी छोरी रहेका छन् ।

उहाँले सिन्धुली जिल्लाको विकासमा अतुलनिय योग्दान पुर्याउनु भएको स्थानीयको भनाई छ । उहाँले विं.सं. २०२८ सालदेखि २०३५ सालसम्म तत्कालिन सिद्धेश्वर गाँउपञ्चायतको प्रधानपञ्च भई सफल कार्यकाल विताउनु भएको थियो । प्रधानपञ्च हुनभन्दा अघि साविका वडा नं. ५ को वडा अध्यक्ष भई समाज सेवामा लाग्नु भएको थियो ।
प्रधानपञ्चपछि सिन्धुली अस्पतालको पहिलो अध्यक्ष, सामुदायिक वन उपभोक्ता महासंघको जिल्ला अध्यक्ष, किसान संगठनको जिल्ला अध्यक्षको भूमिका निर्बाह गरी कार्यकाल विताउनु भएको उहाँको छोरा उपेन्द्र पोख्रेलले जानकारी दिनुभयो । सिन्धुली बजारमा शनिबार लाग्ने हाटबजारको स्थापना, सिलामे तथा बोझेमा बस्ति बिस्तार र धुराबजारदेखि मरिण जाने सडक निर्माणमा स्वर्गिय पोख्रेलको अहंम भूमिका निर्बाह गरी समाज सेवामा लगनसिल रहेको स्थानीयले बताएको छन् ।
उहाँको आज ३ बजे सिन्धुलीको गढौलीमा अन्त्येष्टि गरिने परिवार स्रोतले जानकारी दिएको छ ।