शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुली अस्पतालको आइसोलेसनमा बसेकाहरुको पुनः कोरोना परीक्षण

आइतवार , आषाढ ७, २०७७

सिन्धुली,७ असार – केही दिनदेखिको अन्यौलता चिर्दै अन्ततः शनिवार सिन्धुली अस्पतालमा उपचाररत ४ जना कोरोना सं क्रमित पुरुषहरूको स्वाव पुनः परीक्षणका लागि किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडा पठाइएको छ ।

सिन्धुली अस्पतालको आ इसोलेसनमा बसेका ४ जना पुरुषसँगै अस्पतालका एकजना डाक्टर र एकजना ल्याबका कर्मचारीको पनि स्वाब परीक्षणका लागि पठाइएको हो ।

अस्पतालका व्यवस्थापक बिमल श्रेष्ठले भन्नु भयो, “ र्‍यान्डम चेकजाँच नीति अनुसार एकजना डाक्टर र एकजना ल्याब असिस्टेन्टको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको छ ।”

जनस्वास्थ कार्यालयले कोरोनाको कार्यविधिमा १४ दिन आइसोलेसनमा बसेपछि कोरोनाको लक्षण नदेखिएमा घर पठाउन मिल्ने उल्लेख गरेको छ । तर सिन्धुलीमा जनस्तरमा पुनः परीक्षण गरेर पठाउँदा ढुक्क हुने आवाज उठेपछि कोरोना बिरामी डिस्चार्जको काम रोकिएको थियो ।

सिन्धुली अस्पताल र जिल्ला जनस्वास्थ्य कार्यालयले ७ दिन पहिला १४ दिन पुगेका दिन ४ जना कोरोना संक्रमितलाई बिदा गर्न लागेका थिए । जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायले समेत जनताको माग बमोजिम अस्पतालमा रहेका कोरोना सं क्रमितको पुनः परीक्षण गरेर रिपोर्ट नेगेटिभ आएमा घर जान दिँदा समुदायमा राम्रो सन्देश जाने सल्लाह दिँदै आएका थिए ।

सोहीअनुसार, कोरोना सं क्रमितहरु अस्पतालको आइसोलेसनमा बसेको २०औ दिनमा शनिबार पुनः स्वाब निकालेर परीक्षणका लागि हेटौंडा पठाइएको छ । उता असार २ गते दुधौली नगरपालिकाबाट र तीनपाटन गाउँपालिकाबाट पठाइएका ९२ जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको जनस्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।

यसैबीच जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बन्दाबन्दीलाइ व्यवस्थित गर्नेम्बन्धि सुरक्षा मापदण्डको सूचना जारी गरेको छ ।

प्रतिक्रिया