दाङ, – दाङको घोराहि उपमहानगरपालिकामा झरीमा भिज्दै युवाहरुले एमसिसिको विरोध गरेका छन् । आज (शनिबार) दिउँसो १२ बजेदेखि २ बजेसम्म भएको विरोध र्यालीमा झण्डै डेढ सय जना उपस्थित थिए । विरोधको अंग्रपतिमा देखिएका विद्यार्थी नेता प्रतिक अधिकारीले अमेरिकी साम्राज्यबादलाई निमन्त्रणा दिने एमसिसिको विरोध गर्न युवाहरुलाई झरीले पनि नछेकेको बताए । उनले भने, ‘एमसिसिको समर्थन गर्नेले देशको प्राकृतिक तथा सम्पूर्ण श्रोतसाधनको उपयोग हुने तथा आफ्नो देशको उन्नति हुने बताइरहदा मलाई महाकालि सन्धिको याद आयो । ५५ अर्बले बिकास हुन्छ भन्दै गर्दा महाकाली सन्धिबाट आउने भनिएको खर्बौको खजाना कहाँ लुकाइयो भन्ने कुरा बिर्सनुहुदैँन ।’ स्वतन्त्र युवा, घोराही दाङले आयोजना गरेको विरोध र्यालीमा 'अमेरिकी साम्राज्यवाद मुर्दावाद, भारतीय विस्तारवाद मुर्दावाद, राष्ट्रघाति एमसिसि खारेज गर’ लगायतको नारा लगाइएको थियो ।