शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सर्पले ड सेर ज्या न गु माएका गोराईतको परिवारलाई घर बनाई दिने

शनिवार , आषाढ ६, २०७७

सिन्धुली,६ असार – सिन्धुलीको दुधौली नगरपालिकाले सर्पले ड सेरे बिहिबार राती ज्या न गु माएका परिबारलाई एक लाख ५० हजार क्रि या खर्च उपलब्ध गराउनुका साथै घर बनाई दिने भएको छ ।

दुधौली नगरपालिका–५ सिर्थौली निवासी २१ बर्षिय शिवाज गोराइतको दाहिने हातमा बिहिबार राती १० बजेतीर सर्पले डसेर मृत्यु भएको थियो । बिरामीलाई समयमा नै उपचारका लागि सिर्थौली प्राथमिक केन्द्रमा पुर्‍याउदा पनि चिकित्सकले समयमा उपचार नगर्दा ज्यान गुमाउनु परेको भन्दै स्थानीय आ न्दोलित बनेपछि मृतकका परिवारलाई उक्त क्रियाखर्च र घर बनाई दिने सहमति भएको वडा अध्यक्ष चन्द्रकिसोर थारुले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “मृतकका आफन्त र स्थानीयले शुक्रबार दिनभरी स्वास्थ्य केन्द्र घेराउ गरेपछि नगरपालिकाका मेयर, उपमेयरको उपस्थितीमा नगरपालिकाको शहरी आबास कार्यक्रम अन्तर्गत एउटा घर र एक लाख ५० हजार रुपिया क्रिया खर्च दिने सहमती भएको हो । नगरपालिकाले मृतकका परिवारलाई उक्त क्रिया खर्च उपलब्ध गराउने र एउटा घर बनाई दिने भएको छ ।”

उक्त केन्द्रमा कार्यरत सर्पदंशको उपचार गर्ने चिकित्सक नहुदा ती बिरामीको ज्या न गएको पनि उहाँले बताउनुभयो ।

यता मृतकका परिवारले भने स्वास्थ्य केन्द्रको लापर्बाहीले बिरामीले ज्यान गुमाउनु परेको बताएका छन् । मृतकका बुबा लक्ष्मण गोराईतले अस्पतालमा करिब एक घण्टा डाक्टरको पर्खाइमा बसेको बिरामीलाई सामान्य पट्टी बाँधिदिने काम समेत नगरिदिएको गुनासो गर्नुभयो ।

प्रतिक्रिया