शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

मनकारी युवा जसले दुबईबाट सिन्धुली अस्पताललाई सहयोग गरे

शनिवार , आषाढ ६, २०७७

वैदेशिक रोजगारीकालागि दुबई पुग्नुभएको चम्पक कार्कीले सिन्धुली अस्पताललाई सहयोग गर्नुभएको छ । तीनपाटन गाउँपालिका ५ स्थायी ठेगाना भएको कार्कीले सिन्धुली अस्पताललाई ३ थान वार्टर डिस्पेन्सर, ३ थान फ्यान र ३० बोत्तल स्यानिटाईजर सहयोग गर्नुभएको सिन्धुली अस्पतालका व्यवस्थापक विमल श्रेष्ठले जानकारी दिनुभयो । उहाँले पठाउनुभएको सामाग्री सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष प्रल्हाद पोख्रेललाई हस्तान्तरण गरिएको थियो । आफ्नो मातृभुभिबाट टाढा भएपनि युवापुस्तामा सामाजिक दायित्वको चेत रहेकोे भन्दै जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रल्हाद पोख्रेलले कार्कीलाई धन्यवाद दिनुभएको थियो । जिल्ला अस्पताललाई स्थानिय स्तरबाट सहयोग जुटिरहेको छ ।

केहि समय अघिमात्रै कमलामाई नगरपालिका ६ निवासी सिदर्थ बैंक सिन्धुलीमा कार्यरत कुमार कार्कीले तातो–चिसो पानी व्यवस्थापनको लागि १ थान वार्टर डिस्पेन्सर उपलब्ध गराउनुभएको थियो ।

सम्बन्धित विषय:

प्रतिक्रिया