शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

दुई दिनमा सिन्धुलीका दूई जनामा कोरोना सं क्रमण

शनिवार , आषाढ ६, २०७७

सिन्धुली,६ असार – सिन्धुलीका थप दुई जनामा कोरोना सं क्रमण देखिएको छ । सामाजिक विकास मन्त्रालय, बागमती प्रदेशको सूचना अनुसार बिहिबार र शुक्रबार सिन्धुलीका एक/एकजनामा कोरोना सं क्रमण देखिएको हो । हालसम्म सिन्धुलीका ७ जनामा कोरोना सं क्रमण देखिएको छ ।

त्यसैगरि, नेपालमा कोरोना सं क्रमितको संख्या आठ हजार दुई सय नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको विवरण अनुसार नेपालमा कोरोना सं क्रमितको संख्या ८ हजार २ सय ७४ पुगेको छ भने हालसम्म कोरोनाको सं क्रमणबाट २२ जनाले ज्यान गुमाएका छन् ।

पछिल्लो २४ घण्टा ४ सय २६ जना कोरोना सं क्रमित थपिएका छन् । जसमध्ये ३ सय ३८ पुरुष र ८८ महिला रहेको स्वास्थ्य मन्त्रालय जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार थपिएका सं क्रमितहरुमा सिन्धुलीका १, झापाका १, मोरङका ३, सर्लाहीका ११, सप्तरीका ४, अछामका ८, बागलुङका १८, बैतडीका ६८, बझाङका ३, बाजुराका ८, धादिङका १, डढेलधुराका ९, मकवानपुरका २, म्याग्दीका १, तनहुँका १९, डोटीका १५, गोर्खाका ११, कैलालीका ४९, कास्कीका ८, काठमाडौँका ३, नवलपरासीका ४, सिन्धुपाल्चोकका २१ र पर्वतका ५ जना रहेका छन् ।

यस्तै उदयपुरका २, चितवनका १, मकवानपुरका ६, स्याङजाका ३, बागलुङका १४, अर्घाखाँचीका ६, गुल्मीका ३१, कपिलवस्तुका ४, रुपन्देहीका २ र कञ्चनपुरका २० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।कोरोना भाइरसको सं क्रमण अहिलेसम्म ७४ जिल्ला फैलिएको छ ।

यस्तै पछिल्ला २४ घण्टामा २ सय १६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या १ हजार ४ सय २ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस विफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ४ हजार २ सय ३१ गरी अशुक्रवार सम्म पीसीआर विधिबाट १ लाख ६१ हजार ७ सय ४९ जनाको परीक्षण भएको जानकारी दिनुभयो ।

डा. गौतमका अनुसार आरडिटी विधिबाट पछिल्लो २४ घण्टामा ४ हजार ३ सय ९९ गरी आजसम्म २ लाख ४७ हजार ८ सय ७४ जनाको परीक्षण भएको छ ।

शुक्रबारसम्म देशभरीका क्वारेन्टिनमा १ लाख ९ हजार ४ सय ६१ जना र ६ हजार ८ सय ५० जना विभिन्न अस्पतालका आइसोलेसनमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया