शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सिन्धुलीका को रोना सं क्रमितको परिक्षण बिनै डिस्चार्ज गर्ने तयारी !

सोमवार , आषाढ १, २०७७

सिन्धुली,१ असार– सिन्धुली अस्पतालमा उ पचारत को रोना सं क्रमण भएका मध्ये ३ जनाको आज अस्पताल बसाइ १४ दिन पुगेको छ । अस्पताल स्रोतले आज उनीहरुलाई डिस्चार्ज गरेर घर जान दिने भनिरहेको छ ।

सिन्धुली अस्पतालमा तीनपाटन गाउँपालिका–३ निवासी २५ वर्षीय पुरुष, कमलामाइ नगरपालिका–११ निवासी १७ वर्षीय पुरुष र कमलामाई नगरपालिका १४ का २३ वर्षीय पुरुषको आ इशोलेसनमा उपचार भइरहेको छ ।

तर जनस्वास्थ्य कार्यालय सिन्धुलीका अधिकृत जितेन्द्र शाहले घर जान दिने वा नदिने बारे निर्णय भइनसकेको बताउनु भएको छ । उहाँले भन्नु भयो, “हामी छलफलकै क्रममा छौं । “ उहाँले अगाडि भन्नु भयो, “निर्णय अहिले भएको छैन ।” कतिपय स्थानीयले चाहिँ पि सिआर चेकजाच पुनः गरेर मात्रै घर जान दिनुपर्ने माग गरेका छन ।

पहिला उनीहरुलाई को रोना सं क्रमण देखिएकाले अस्पताल ल्याइएको र घर पठाएपछि कोरोनाको सं क्रमण फेरि देखिए जो खिम बढने स्थानीयको चि न्ता देखिन्छ । तर अस्पतालले कोरोना सं क्रमीत भनिएकालाइ कोरोना सं क्रमण सम्बन्धि कुनै पनि लक्षण नदेखिएको जनाएको छ । अस्पताल स्रोतले भन्यो,“कोरोनाको कार्यविधि अनुसार १४ दिन सम्म कुनै लक्षण नदेखिएमा डिस्चार्ज गर्दा हुने भन्ने छ ।”

तर स्थानीयले चाहिँ पि सिआर चेकजाच पुनः निश्चित नगरीकन घर जान दिदा भोलिका दिनमा उनीहरुमा सं क्रमण रहेछ भने ठुलो समस्या आउन सक्ने भन्दै चि न्ता ब्यक्त गरेका छन ।

पिसिआर खर्चिलो हुने भन्दै कुनै लक्षण नदेखिएकालाइ समय अबधि सकिए पछि डिस्चार्ज गर्ने निति सरकारले लिएको छ । पिसिआर परिक्षण खर्चिलो भएकाले त्यसो गरिएको हुन सक्ने कतिपयको बुझाइ छ । जिल्ला प्रशासन कार्यालय सिन्धुली स्रोतले पनि यो बिषयमा के गर्ने भनेर छलफल हुदै गरेको जनाएको छ ।

यसैबीच सिन्धुली अस्पतालमा कोरोनाका नयाँ एक जना सं क्रमितलाइ उपचारका लागि ल्याइएको छ । भारतबाट आएका कमलामाइ १० का एक युवालाई क्वारेन्टाइन बसेकै बखत परिक्षण गर्दा को रोना सं क्रमण देखिएको थियो । उनलाई ढिलो गरेर अस्पतालको आ इसोलेसनमा भर्ना गरिएको छ । एम्बुलेन्सबाट ल्याउन समस्या अस्पतालको एम्बुलेन्स बिग्रेकाले रेडक्रशको एम्बुलेन्समा ल्याएको स्रोतले बताएको छ ।

प्रतिक्रिया