सिन्धुली,१ असार – सिन्धुलीको कमलामाई नगरपालिका–२ चियाबारीदेखि ऐतिहासिकस्थल सिन्धुलीगढीसम्म क्याप्टेन किनलोक पदमार्ग निर्माण सुरु भएको छ ।
उक्त पदमार्ग निर्माण गर्नका लागि चियाबारी फेदीमा सोमबार एक समारोह बीच कमलामाई नगरपालिकाका मेयर खड्गबहादुर खत्री र प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले शिलान्यास गर्नुभयो ।
शिलान्यास समारोहमा मेयर खत्रीले चियाबारीदेखि सिन्धुलीगढीसम्म पदमार्ग निर्माण गर्नका लागि बजेटको कमिहुन नदिने प्रतिबद्धता जनाउनुभयो ।
कमलामाई नगरपालिका २ मा परेको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतको बजेटबाट उक्त मार्ग निर्माण सुरु भएको हो । जिल्ला समन्वय समितिका प्रवक्ता तथा कमलामाई नगरपालिका–२ का वडा सदस्य चित्रबहादुर (सन्तोष) बुढाथोकीले यो बर्षको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतको पाच लाख रुपैया बजेटले चियाबारी, फेदी, सिउरानी, ढुंग्र्रेभन्ज्याङ हुदै सिन्धुलीगढीसम्म करिब चार किलोमिटर लामा पदमार्ग निमाण सुरु भएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “यो बर्षबाट पदमार्ग निर्माण सुरु गरेका छौं । यो बर्ष ढुंगाको सिंढी निर्माण र सरसफाईको काम हुने छ । दैनिक दुई सय जनालेअहिले सिंढी बनाउछौं । त्यसका लागी आज प्राविधिक सहितक जतिले रोजगारी समेत पाउने छन् ।”
सिन्धुलीगढीसम्म पदमार्ग निर्माणका लागि प्रदेस सरकारसँग पनि पहल गरिने उहाँले सुनाउनुभयो । बर्सेनी निरन्तरता दिएर जतिसक्दो चाँडै सिन्धुलीगढीसम्म पदमार्ग निर्माण गरिने प्रबक्त बुढाथोकीले बताउनुभयो ।
पदयात्रामार्ग निर्माणका लागि भोला कुमार जर्गामगरको अध्यक्षतामा उपभोक्ता समिति बनाइएको छ । पदयात्रामार्ग निमार्ण कार्यको पहिलो चरणमा सिंडि निर्माण, पुरानो पदमार्ग सरसफाई गरिने छ । क्याप्टेन किनलक पदयात्रा मार्गको नामाकरण बद्र्धबहादुर गणका तत्कालिन गणपति राजिब थापाले गर्नु भएको थियो ।
नेपाल एकिकरण पदमार्ग अन्तर्गत सिन्धुलीगढीदेखि हरिहरपुरगढी, हरिहरपुरगढीदेखी मकवानपुरगढी र सिन्धुलीगढीदेखी उदयपुरगढीसम्म नेपाली सेनाले पदमार्गको रे की गर्ने, दुरी नाप्ने, ठाउँ ठाउँमा संकेत चिन्हहरु राख्ने कार्य गरि सेकेको छ । क्याप्टेन किनलोक पदयात्रा मार्ग निर्माणमा प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागि भएका र ल कडाउनका कारण बेरोजगार भएकाहरुले श्रमदान गर्ने छन् ।
कमलामाई नगरपालिकाले गत फागुनमा चियाबारीदेखि सिन्धुलीगढीसम्म “अन्तराष्ट्रियस्तरको एकिकरण अभियान पदयात्रा” गर्ने तयारी गरेपनि कोरोनाको हल्लाका कारण स्थगित भएको सिन्धुली उद्योग बाणिज्य संघका अध्यक्ष अम्रेसचन्द्र बैदारले जानकारी दिनुभयो ।
कमलमाई नगरपालिकाका सूचना अधिकारी एवं बरिष्ठ सामाजिक विकास अधिकृत सागरकुमार ढकालका अनुसार उक्त पदमार्गमा एक हजार जना सहभागि हुने तयारी गरिएको थियो । ती मध्ये एक सय जना अमेरिका, कोरिया, अष्ट्रेलिया लगायतका विदेशी नागरिक हुने तयारी गरि उनीहरुलाई निम्ता पनि पठाइएको थियो ।
भ्रमण बर्षलाई लक्षित गरेर आयोजना गरिएको पदयात्रा कार्यक्रमको मुख्य उद्देश्य सिन्धुलीगढीको प्रचार प्रसार, प्रर्वधन र इतिहास स्मरण गराउनु रहेका थियो । नेपाल एकिकरणको बेला बि.सं. १८२४ को सिन्धुलीगढी यु द्धमा क्याप्टेन किनलोकको नेतृत्वमा आएको अंग्रेज फौज सोही बाटो हिडेकोले भ्रमण बर्षलाई लक्षित गरि पदयात्रा गरिएको भएपनि पछि स्थगित गर्नु परेको नगरपालिकाले जनाएको छ ।