सिन्धुली,३२ जेठ – सिन्धुलीका सबै कार्यालयहरु भोलि देखि खुल्ने भएको छ । नेपाल सरकार मन्त्रीपरिषदको गत जेठ २८ गतेको निर्णय अनुसार सिन्धुलीका सबै सरकारी कार्यालय, शिक्षण संस्थाका कार्यालय, गैरसरकारी तथा निजी क्षेत्रका कार्यालय र बैंक तथा वित्तिय संस्थाहरु भोली देखि खुल्ने भएको हो ।

तर सबै कार्यालयहरु दुई चरणमा संचालन गर्न जिल्ला प्रशासन कार्यालय सिन्धुलीले आग्रह गरेको छ । विहान ८ बजे देखि १ बजे सम्म पहिलो चरण र दिउसो २ बजे देखि साँझ ६ बजे सम्म दोस्रो चरणमा कार्यालय खोली कामकाज संचालन गर्नुपर्ने सिन्धुलीका प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले बताउनुभयो ।
कार्यालयको कामकाज सुरु गर्दा सा माजिक दुरी र सा वधानी अपनाउन भने आग्रह गरिएको छ । कार्यालयका कर्मचारी र सेवा लिन आएका सेवाग्राही बिच कम्तीमा पनि दुई मिटरको दुरी कायम गर्नुपर्ने, मा स्क प्रयोग गर्नुपर्ने, सा बुन पानीले हात धुने वा से निटाईज्र प्रयोग गर्नुपर्ने लगाएतका सु रक्षा त्मक उ पाएर र नेपाल सरकारले तोकेको मा पदण्ड पुरा गरेर मात्रै कामकाज सुरु गर्न प्रशासनले अपिल गरेको छ ।