शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीमा दिनहु प्रदर्शन

आइतवार , जेठ ३२, २०७७

सिन्धुली,३२ जेठ –सरकारी तथा अन्य कार्यालयका कर्मचारीहरु जसरी नै यूवाहरु मुखमा मास्क लगाएर जम्मा भए । कमलामाइ नगरपालिका ६ नं वडाको दुइ नं बजार पुछारको फिल्म हलमा यूवाहरु जम्मा भएको थिए । कारण थियो, ‘अत्ति भोे’ । वरिपरिका मानिसहरु लामो समयदेखि वन्द रहेको फिल्महलमा यूवाहरु जम्मा भएपछि अब भने लकडाउनको अन्तिम दिनमा आएर के भएछ भनि जिज्ञासु बने । एकाएक यूवाहरुले भौतिक दुरी कायम गर्दै सडकमा निस्किए । गीत घन्किएको थियो, ‘गाउगाउबाट उठ वस्तीवस्तीबाट उठ,’ हातहातमा प्ले कार्ड थियो । उनीहरुले सरकारलाइ खबरदारी गरेका थिए । नारा उही थियो । आइतबारको प्रदर्शनमा यूवाहरुले बढि जोड स्थानीयतहलाइ गरेका थिए । उनीहरुको मक्सद स्थानीयतह पारदर्शी हुनुपर्छ भन्नेमा थियो । बजार परिक्रमा गरि यूवाहरु लोकतान्त्रिक चोक पुगेका थिए । हाम्रो खबरदारी जारी रहन्छ, कस्ले कुन पार्टीको विल्ला भिराउछ वास्ता गरिन्न सहभागी यूवाहरुको एउटै स्वर थियो, अत्ति भो अत्ति ।

कोभिड १९ मा स्थानीयतहले गरेको खर्च पारदर्शी हुनुप¥यो नी हातमा प्ले कार्ड बोकेका यूवा बाघसिंङले श्रेष्ठले भन्नुभयो, “राहत, औषधी, उद्धार र अन्यमा भनि करोडौं खर्चिएका स्थानीयतहहरु अनिकालमा ढिकी लडे जसरी वस्नुलाइ के भन्ने पारदर्शिता र जवाफदेहिता शून्य भयो । हाम्रो माग तत्काल खर्च सार्वजनिक गर भन्ने नै हो । स्थानीयतहहरु मात्र हैन्, सरकारी निकाय सबैले खर्च सार्वजनिक गर्नुपर्छ ।”

सरकारको बीरुद्ध सडकमा स्वस्फूर्त निस्किएका यूवाहरुले स्थानीयतहले कोभिड १९ अन्तरगत कोरोना सं क्रमण रोक्न गरेको खर्च सार्वजनिक गर्नुपर्ने, सिन्धुली अस्पतालमा उपकरण खरिदमा भएको अनियमितताको छानविन, स्थानीयतहले राहत बितरणको खर्च सार्वजनिक लगाएत स्थानीय मुद्धाहरु उठाएका छन् ।

सबैभन्दा रोचक के भने आजको नारामा यूवाहरुले प्रहरी दाइ तपाईलाई यो देशको माया छैन्, भन्ने प्ले कार्ड देखाएर प्रहरी सेवामा रहेकाहरुलाई समेत भावुक तुल्याएका थिए । नगरपालिका कार्यालय अगाडि चर्को घाममा रापिएर यूवाहरुले राष्ट्रिय गान समेत गाउदा प्रहरी समेत सतर्क पोजिसनमा राष्ट्रवादी भएका थिए । प्रहरीहरुलाइ यूवाहरले मन पगालेका थिए । बिना जानकारी कार्यक्रम गर्न नपाउने प्रहरी जिकिरलाइ यूवाहरुले दायित्व बोध गराउदा नतमस्तक भएका थिए । हामीले आफ्नो लागि हो र ? हाम्रै आवाज बुलन्द भएर १० अर्व खर्च भयो भनेको सरकारले ८ अर्व ३९ करोड मात्र देखाउन सक्यो एक यूवाले भने, ‘एकअर्व ६१ करोड त जोगियोनी हैन त प्रहरी दाइ ?’

प्रतिक्रिया