शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीको मरिण हुदै लालबन्दी निस्कने सडकको डिपिआर बनाउने सहमती

आइतवार , जेठ ३२, २०७७

सिन्धुली,३२ जेठ – सिन्धुलीको मरिण गाउँपालिका हुदै सर्लाहीको लालबन्दी नगरपालिका निस्कने सडक निर्माणका लागि डिपिआर तयार गरिने भएको छ । शनिवार मरिण गाउँपालिका र लालबन्दी नगरपालिका बिच भएको छलफलका मरिण गाउँपालिका वडा नं. ५ बडीमुहान, अम्बास चुरे हुदै लालबन्दी नगरपालिका निस्कने सडक निमार्णका लागि डिपिआर तयार गर्ने सहमती भएको हो ।

मरिण गाउँपालिका अध्यक्ष पानीराज बम्जन, सर्लाहीको लालबन्दी नगरपालिकाका प्रमुख मानबहादुर खड्गका सहित जनप्रतिनिधिहरु विच भएको छलफलले दिर्घकालिन रुपमा सडक निर्माणका लागि डिपिआर निर्माण गर्ने र तत्काल संचालनका लागि स्तरउन्नती गर्ने सहमती भएको हो ।

सडकको डिपिआर निर्माण र स्तरउन्नतका लागि आगामी आर्थिक बर्ष २०७७/०७८ मा दुवै स्थानिय तहहरुले बजेट विनियोजन गर्ने निर्णय भएको मरिण गाउँपालिकाका अध्यक्ष पानीराज बम्जनले जानकारी दिनुभयो । “दुवै स्थानिय तहका जनप्रतिनिधिहरु बिच छलफल भयो । तत्कालका लागि मरिण गाउँपालिका भित्र पर्ने सडक स्तरउन्नतीका लागि मरिण गाउँपालिकाले र लालबन्दी नगरपालिका भित्र पर्ने सडक स्तरउन्नतीका लागि लालबन्दी नगरपालिकाले आगामी बर्षमा बजेट विनियोजित गर्ने सहमती भएको छ । दिर्घकालिन रुपमा सडक निर्माणका लागि डिपिआर तयार गर्ने सहमती भएको छ” उहाँले भन्नुभयो ।

सडकको डिपिआर तयार गर्नका लागि आगामी आर्थिक बर्ष २०७७/०७८ मा दुवै स्थानिय तहहरुले स्रोतले भएसम्म बजेट छुट्याउने सहमती भएको उहाँले बताउनुभयो । “यो सडक निर्माणमा स्थानिय तहहरुले मात्रै सकिदैन । हामीले स्रोतले पुगेसम्म लगानी गर्छौ । डिपिआर देखि निर्माण सम्मका लागि बजेट नपुगको खण्डमा संघ, प्रदेशसँग पनि बजेट माग गर्नुपर्छ । संघ र प्रदेशबाट बजेट ल्याउन दुवै स्थानिय तहले समन्वय गर्ने सहमती भएको छ,” उहाँले भन्नुभयो ।

लगभग ३५ किलोमिटर लम्बाई रहेको सडक निर्माण गर्ने बिषयमा दुवै स्थानिय तहका जनप्रतिनिधिहरु एकमत रहेको उहाँले बताउनुभयो । उक्त सडक निर्माण भएपछि तराईसँग मरिण गाउँपालिकाको आवात जावतमा सहज हुनेछ । सडक निर्माण हुदाँ छलफलमा मरिण गाउँपालिकाका उपाध्यक्ष संगीता माझी, लालबन्दी नगरपालिकाका उपप्रमुख शान्ति कुमारी लामा, नेकपा मरिण गाउँपालिकाका अध्यक्ष गोपाल बुढाथोकी, वडा अध्यक्ष प्रचार सिं बम्जन लगायतको उपस्थिती रहेको थियो ।

सम्बन्धित विषय:

प्रतिक्रिया