सिन्धुली,३१ जेठ –सरकारको बीरुद्ध सडकमा स्वस्फूर्त निस्किएका यूवाहरुले शनिबार बिहान सिन्धुलीमाढीमा प्रदर्शन गरेका छन । सदरमुकामको लोकतान्तित्र चोकमा प्ले कार्ड सहित भेला भएका यूवाहरुले स्थानीय मुद्धालाइ प्राथमिकता दिएका छन् । स्थानीयतहले कोभिड १९ अन्र्गत कोरोना सं क्रमण रोक्न गरेको खर्च सार्वजनिक गर्नुपर्ने, सिन्धुली अस्पतालमा उपकरण खरिदमा भएको अनियमितताको छानविन, स्थानीयतहले राहत बितरणको खर्च सार्वजनिक लगाएत स्थानीय मु द्धाहरु यूवाहरुले उठाएका छन् ।

लकडाउनबीच स्थानीयतहरुले बितरण गरेको राहतमा घप्लाबाजी भएको भन्दै जिल्ला प्रशासनमा र सिन्धुली अस्पतालमा उपकरण खरिदमा अनियमितताको अख्तियारमा उजुरी परेको छ । उनीहरुले स्थानीय मुद्धालाइ उठाएर सरकारको विरोध मात्र हैन निशान छाप संसोधन गर्न लागेको सरकारलाइ धन्यवाद समेत दिएका छन् ।

३० मिनेट भएको प्रदर्शनमा १० अर्व खोइ, आरडीटी खारेज, सबैलाइ पीसीआर परीक्षण, हिंसात्मक घटनाको छानविन, क्वारेन्टाइनको व्यवस्थापन लगाएतमा यूवाहरुले जोड दिएका छन् । कोरोना भाइरस संक्रमणलाइ ध्यानमा राखेर यूवाहरुले भौतिक दुरी भने कायम राखेका थिए । शान्तिपूर्ण प्रदर्शनका लागि यूवाहरुले सामाजिक सञ्जालमा सूचना जारी गरेका थिए । दलिय संलग्नता नदेखिएपनि प्रतिपक्ष कांग्रेसका स्थानीय नेताहरुले भने दर्शक भएर बाक्लो उपस्थिती जनाएका थिए ।

शान्तिपूर्ण सांकेतिक बि रोधलाइ सरकारले कमजोरी ठाने विकृति विसंगती र अधिकारका लागि हजारौं यूवाहरु सडकमा उत्रन बाध्ये हुने प्रदर्शनमा सहभागी धुराबजारका उत्पल खड्काले बताउनुभयो । उहाले स्थानीयतह र सरकारी निकायमा भएका अनियमितताको छानविन गर्नका लागि पनि यूवाहरु लाग्नु पर्ने खा“चो औल्याउनुभयो । सरकारको राम्रो कामलाइ हामीले धन्यवाद दिन कन्जुस्याई गरेका छैनौ, उहाले थप्नुभयो ।

जिल्लाकै एकमात्र सिन्धुली अस्पताल जस्तो संवेदनशिल क्षेत्रमा अनियमितता भएको भन्दै अख्तियारमा उजुरी परेपछि निष्पक्ष छानविनका लागि राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्नेमा उल्टो अफवाह फैलाउन र ढाकछोप गर्न विकास समितिका अध्यक्ष लागेकोमा यूवाहरुले रोष प्रकट गरेका थिए । उहाहरुको एउटै स्वर थियो, सिन्धुली अस्पतालको अनियमितता के हो? भेलाजम्मा नहुन सरकारको उर्दीलाइ यूवाहरुले वेवास्ता गरेका थिए । प्रहरीले यूवाहरुको प्रदर्शनलाइ चाख मानेर हेरेका थिए ।










