शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीमा क्याप्टेन किनलोक पदयात्रा मार्ग निमार्ण हुने

शनिवार , जेठ ३१, २०७७

सिन्धुली,३१ जेठ – सिन्धुलीको कमलामाई नगरपालिका– २ चियावारी देखि सिन्धुलीगढी सम्म क्याप्टेन किनलोक मार्ग निर्माण हुने भएको छ । कमलामाई नगरपालिका २ मा परेको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतको बजेटबाट चियाबारी, फेदी, सिउरानी, ढुंग्रेभन्ज्याङ हुदै सिन्धुलीगढी सम्म क्याप्टेन किनलोक पदमार्ग निर्माण हुने भएको हो ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतको ५ लाख बजेटले सिन्धुलीगढी सम्म मार्ग निमार्ण हुने छ । त्यसका लागी शुक्रवार प्राविधिक सहितको टोलीले स्थलगत अनुगमन समेत गरेको छ ।

कमलामाई नगरपालिकाका सब इन्जीनीयर पुष्प श्रेष्ठ र वडा नं. २ का प्राविधिक मुराहरी श्रेष्ठले असार १ गते बाट पदयात्रामार्ग निमार्ण कार्य सुरु हुने गरी प्राविधीक स्टीमेट निर्माण गर्नुभएको छ । पदयात्रामार्ग निर्माणका लागि भोला कुमार जर्गामगरको अध्यक्षतामा उपभोक्ता समिति बनाइएको छ । पदयात्रामार्ग निमार्ण कार्यको पहिलो चरणमा सिँढी निर्माण,पुरानो पदमार्ग सरसफाई गरिने छ । क्याप्टेन किनलोक पदयात्रा मार्गको नामाकरण बद्र्धबहादुर गणका तत्कालिन गणपति राजिब थापाले गर्नु भएको थियो ।

सेनाको नेपाल एकिकरण पदमार्ग अन्तर्गत सिन्धुली गढीदेखि हरिहरपुरगढी, हरिहरपुरगढी देखी मकुवानपुरगढी र सिन्धुलीगढी देखी उदयपुरगढी सम्म नेपाली सेनाले पदमार्गको रेकी गर्ने ,दुरी नाप्ने ठाउँ ठाउँमा संकेत चिन्हहरु राख्ने कार्य सम्पन्न भईसकेको छ । क्याप्टेन किनलोक पदयात्रा मार्ग निर्माणमा प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागि भएका र लकडाउनका कारण बेरोजगार भएकाहरुले श्रम गर्ने छन् ।

प्रतिक्रिया