सिन्धुली,३१ जेठ — सिन्धुलीको तीनपाटन गाउँपालिकाको लंगुरखोलाबाट चकमकेतर्फ लैजाँदै गरेको दुई ट्रयाक्टर चिरान काठ बिहिवार राति १ बजे प्रहरीले बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायब उपरिक्षक श्यामबहादुर केसीले चकमके प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक नेतृत्वमा गएको गस्ती टोलीले दुइटा ट्रयाक्टरमा अ वैध चिरान काठ निकासीका लागि लैजाँदै गर्दा बरामद गरेको जानकारी दिनु भयो । ३ च ४१८३ र लु ३ च ५११४ नं ट्रयाक्टरसहित काठ प्रहरी चौकीमा राखेर अ नुसन्धान भइरहेको छ भने चालक फरार रहेको केसीले बताउनु भयो ।
बरामद चिरान काठबारे सिन्धुली डिभिजन वन कार्यालयलाई जानकारी गराइ समन्वय भइरहेको उहाँले सुनाउनु भयो । त्यस्तै दुधौली नगरपालिका डकाहा नजिकको जंगलमा समेत लकडाउनको मौका छोपी तस्करले सालका रुखहरु ढालेको स्थानीयले प्रहरीलाई जानकारी गराएका छन् ।
स्थानीय बासिन्दाले भने स्थानीय तहकै पदाधिकारीका आफन्तले सो काठ तस्करी गरेको आरोप लगाएका छन् । ट्याक्टर नियन्त्रणमा लिएपछि प्रहरीले थप अनुसन्धान गर्दा सो काठ कसले तस्करी गरेको हो भन्ने पत्ता लाग्ने विश्वास स्थानीय बासिन्दाले गरेका छन् ।
यसैगरि डकाहाभन्दा माथि जंगलमा चोरी निकासीका लागि जंगल कटान भएको खबर आएको र वन कार्यालयका कर्मचारीसहित टोली गएको केसीले बताउनु भयो ।
सिन्धुलीको तीनपाटन र कमलाखोज क्षेत्रमा पहिलादेखि नै काठ त स्करी हुने गरेको भएपनि बाहिर नआएको स्थानीयको दाबी छ । अहिले प्रहरीको सक्रियता बढेसँगै काठ त स्करीबारे जानकारी सार्वजनिक भएको हो । त्यस क्षेत्रबाट इलाका प्रहरी कार्यालय डकाहामा यसअघि पाँच पटकसम्म काठ बरामद गरिसकेको छ ।
यसअघि जेठ २२ गते तीनपाटन गाउँपालिका–१० औलडाँडास्थित दुधौली नगरपालिका–४ बस्ने रामचन्द्र पहाडीको कुखुरा फर्मका पुराना काठहरु लैजाने क्रममा ३ लाख ३० हजार ५ सय रुपैयाँ घुस रकम लिएको अभियोगमा दुई जनालाई डकाहा प्रहरीले प क्राउ गरेर अख्तियारलाई बुझाएको थियो ।