सिन्धुली,३० जेठ – सरकारी रवैयाको वि रोधमा सिन्धुलीका युवाहरुले शान्तिपूर्ण रुपमा वि रोध प्रदर्शनमा उत्रेका छन ।

पीसीआर परीक्षणलाई तीव्रता नदिइएको, आरडिटी परीक्षणलाई नै निरन्तरता दिइएको, कोरोना नि यन्त्रणमा खर्च गरिएको पैसाको विवरण सार्वजनिक नगरिएको, करमा जथाभावी गरिएको तथा महामारीसँग जुध्न सरकारले सही र पर्याप्त प्रयास नगरेको बारेमा विरोध जनाउन सिन्धुलीका युवाहरुले शुक्रवार लोकतान्त्रिक चोक सिन्धुलीमा शान्तिपूर्ण सांकेतिक बि रोध गरेका हुन ।

उनीहरुले बोकेको प्लेकार्डमा जनताको स्वास्थ्यमा ध्यान दिन सरकारलाई आग्रह गर्दै व्यवस्थित क्वारेन्टाइनको माग समेत गरेका थिए ।

युवाहरुले सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले खर्च गरेको भनिएको १० अर्ब केमा खर्च गरियो ? भन्दै हिसाब किताब खोजेका थिए ।

केही दिनयता देशभर सरकार विरुद्ध प्रदर्शन भइरहेको छ । सामाजिक संजालमा सक्रिय युवाहरुको समूह स्वस्तफुर्त रुपमा आन्दोलनमा सहभागी भइरहेका छन । यस्तैमा शुक्रवार सिन्धुलीमा युवाहरुले स्वतस्फुर्त प्रर्दशन गरेका हुन ।