शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सिन्धुली अस्पतालमा कोरोना सं क्रमितको डान्स (भिडियोसहित)

शुक्रवार , जेठ ३०, २०७७

सिन्धुली,३० जेठ – सिन्धुली अस्पतालमा अहिले तीनजना कोरोना सं क्रमित आइशोलेसन वार्डमा छन् । उनीहरु आइशोलेसनमा बसेको आज १२ औँ दिन पुगेको छ । यसैबिच, कोरोना संक्रमितको अवस्था सामान्य रहेको स्वयं आइशोलेसनमा रहेका सं क्रमितले सिन्धुली सौगातलाई जानकारी दिएका छन् ।

आइशोलेशनमा रहेका एक कोरोना सं क्रमितसँगको टेलिफोन संवादमा आफूहरुलाई अस्पतालमा सजिलो भएको बताएका छन । सं क्रमित बिहानै उठेर व्यायाम गर्छन् । बिहान साढे छ बजे दुध, पाउरोटि र अण्डा खाएपछि उनीहरुको दैनिकि शुरु हुन्छ । दिनको पाँच पटक उनीहरुलाई अस्पतालले खाना, खाजा दिने गरेको छ ।

उनीहरु नाचगान गर्दै टिकटकमा रमाउने गरेको अस्पतालका व्यवस्थापक विमल श्रेष्ठले जानकारी दिनुभयो । उनीहरुमा देखिएको आत्मबलको प्रशंसा गर्दै श्रेष्ठले भन्नुभयो, “हामीहरुलाई नै प्रोत्साहन गर्दै पिर नगर्नकालागि अनुरोध गर्नुहुन्छ ।”

कोरोना संक्रमित देखिएका उनीहरु ठिक भएर घर फर्किएपछि समाजले कसरी आफूसँग व्यवहार गर्ने भन्नेमा भने चिन्तित देखिएका छन् । तिनपाटन गाउँपालिकाका कोरोना संक्रमित भन्छन्, “हामी सामान्य अवस्थामा छौँ । पिसिआर रिपोर्ट पोजेटिभ आएपनि स्वास्थ्यमा कुनै समस्या देखिएको छैन । ठिक भएर घर फर्किनेमा हामी विश्वसत छौँ ।” उनले भने, “ठिक भएर घर फर्किएपछि भने समाजमा के के सुन्नुपर्ने हो, त्यसको चिन्ता लागेको छ ।”

उनले कोरोना भाइरस लागिहालेपनि उपचार संभव रहेको भन्दै सावधानि अपनाउन सबैलाई आग्रह गरे । उनले भने, ‘कोरोना लागेपछि ज्यानै जान्छ भन्ने डर छ । त्यसो होइन, उपचार संभव छ र हामी त्यसको उदाहरण हौँ । डराएर भन्दा पनि सावधानि अपनाएर कोरोनासँग लड्नुपर्छ ।

सिन्धुली अस्पतालमा आफूहरुले राम्रो सुविधा पाएको कोरोना संक्रमितले बताए । तर, सानो ठाउँ भएकाले एउटै कोठामा दिन रात बस्नुपर्ने भएको भन्दै संक्रमितले गुनासो गरेका छन् । यता, अस्पताल व्यवस्थापक विमल श्रेष्ठले जिल्ला अस्पतालको प्रांगण सानो भएकाले संक्रमितलाई बाहिर ल्याउन नमिलेको र चुनौति हुने बताउनुभयो । उहाँले दैनिक संक्रमितको स्वास्थ्य परिक्षण गरिएको जानकारी दिनुभयो । हालसम्म संक्रमितमा कुनै पनि स्वास्थ्य समस्या नदेखिएको बताउनुभयो । उहाँले जेठ ३२ गते सं क्रमित आइशोलेसनमा बसेको १४ दिन हुने भन्दै पिसिआरबाट परिक्षण गरेपछि रिर्पोटको आधारमा डिस्चार्ज गरिने जानकारी दिनुभयो ।

सिन्धुली अस्पतालमा तीनपाटन गाउँपालिका–३ निवासी २५ वर्षीय पुरुष, कमलामाइ नगरपालिका–११ निवासी १७ वर्षीय पुरुष र कमलामाई नगरपालिका १४ का २३ वर्षीय पुरुषको आइशोलेसनमा उपचार भइरहेको छ ।

भिडियो :

प्रतिक्रिया