शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीका ट्रक चालकको श व ललितपुरमा भेटियो

बिहिवार , जेठ २९, २०७७

काठमाडौँ ,२९ जेठ – भक्तपुरमा चि प्लिएर ढलभित्र पसी बे पत्ता भएका ट्रक चालक ललितपुरमा मृ त अवस्थामा फेला परेका छन् ।

उहाँको श व बिहीबार बिहान साढे १० बजे बागमती गाउँपालिका १ भुजेल भन्ने ठाउँमा फेला परेको हो । स्थानीयले उहाँलाई न ग्न अवस्थामा मृ त देखेपछि प्रहरीलाई खबर गरेको थिए ।

त्यसपछि प्रहरी घ टनास्थलमा पुगेको महानगरीय प्रहरी परिसरका एसपी तुलबहादुर कार्कीले जानकारी दिनु भयो ।

बुधबार दिउँसो सवा तीन बजे भक्तपुर नगरपलिका १ चुनदेवीमा ट्रक पार्किङ गरेर झरेका सिन्धुली रानीचुरी घर भई हेटौँडा मकवानपुर बस्ने चालक नरबहादुर राउत चि प्लिएर ढल भित्र प स्नु भएको थियो ।

सोही व्यक्ति भएको भन्ने बारेमा महानगरीय प्रहरी परिसरका डिएसपी दिपक गिरीले पुष्टि गर्नु भएको छ । “श व फेला परेको भन्ने सूचनाका आधारमा हामीले उहाँको फोटो पठाएका थियौं। फोटो मिल्यो,” उहाँले भन्नु भयो ।

उहँको श व अहिले पाटन अस्पतालमा पो ष्टमर्टमको लागि पाठाइएको छ । भक्तपुरबाट हराएर श व ललितपुरमा फेला परेको हुँदा त्यहीबाट थप अ नुसन्धान हुने डिएसपी गिरीले बताउनु भयो ।

प्रतिक्रिया