शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीमा हातले नछोइ हात धुन सकिने धाराको निर्माण

बिहिवार , जेठ २९, २०७७

सिन्धुली ,२९ जेठ – कोरोना भा ईरसले विश्व समुदाय माझ त्रसित बनाइरहेको छ । यस संक्रमणबाट बच्न बारम्वार सावुन पानीले मिचिमिचि हात धुने भन्दा बाहेक अरु कुनै उपाय पत्ता लागेको छैन । नेपालमा यो संक्रमणबाट ४ हजार भन्दा बढी सं क्रमित भइसकेको पुष्टि भएको छ । यो भाईरसबाट बच्ने मुख्य उपाय सामाजिक तथा भौतिक दुरी कायम गर्नु र सावुन पानीले बारम्वार हात धुने हो । सजिलै सँग सार्वजनिक स्थानहरुमा हात धुन सकियोस भनेर प्लान इन्टरनेशन नेपाल र रिलिफ नेपालले सिन्धुलीका विभिन्न स्थानहरुमा हात धुने स्थानहरुको निर्माण गरेको छ ।

मरिण, सुनकोशी, तीनपाटन गाउँपालिकाका साथै कमलामाई र दुधौली नगरपालिकामा गरि १० स्थानहरुमा हातले नछोइकन खुट्टाको सहयोगले हात धुन सकिने व्यवस्था मिलाइएकोWASH SDG Project   का कार्यक्रम संयोजक लोकहरि आचार्यले बताउनु भयो ।

 

कमलामाई नगरपालिकाको वडा नं. ९ को भीमान, वडा नं. ६ को तरकारी बजार, मरिण गाउँपालिकाको वडा नं. ६ को धमिले र छापबजार, सुनकोशी गाउँपालिकाको वडा नं. १ नेपालथोक, वडा नं. ५ रामटार, तीनपाटन गाउँपालिकाको वडा नं. १ बेलघारी, वडा नं. ३, जोगे, दुधौली नगरपालिकाको वडा नं. २, भलुुवाईको क्वारेन्टाइन, वडा नं. ९मा रहेको क्वारेन्टाइनमा गरि १० स्थानहरु हात धुने स्थानको निर्माण गरि संचालनमा रहेको छ ।

हातले नछोइकन खुट्टाको सहयोगले धारा खोली हात धुन सक्ने प्रविधि धेरै उपयोगी र सुरक्षित रहेको मरिण गाउँपालिकाका अध्यक्ष पानीराज बम्जनले बताउनु भयो । यसले गर्दा हात धुदाँ संक्रमणबाट बच्न सकिने भन्दै उहाँले यस किसिमका हात धुने स्थान अन्य स्थानहरुमा पनि निर्माण हुनु पर्ने बताउनु भयो ।

 

क्वारेन्टाइनमा रहेकाहरु विच हात धुदाँ संक्रमण रहेछ भने पनि फैलिन नदिने भएकाले यस प्रकारको हात धुने स्थान बढी सुरक्षित भएको दुधौली नगरपालिकाका प्रमुख घनश्याम राउतले बताउनु भयो । सिन्धुलीमा अन्य सार्वजनिक स्थानहरुमा समेत यस प्रकारको धाराको माग भइरहेको उहाँहरुको भनाइ छ ।

प्रतिक्रिया