शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीमा कुखुराको मासु अभाव

बिहिवार , जेठ २९, २०७७

सिन्धुली,२९ जेठ – सिन्धुलीमा ब्रोइलर कुखुराको मासु अभाव देखिएको छ । लकडाउनका कारण व्यवसायिले ब्रोईलर कुखुराको चल्ला नहाल्दा अहिले बजारमा मासुको अभाव हुदै गएको मासु व्यापारीले बताएका छन् । लकडाउनका कारण जिल्लामा ब्रोईलर कुखुराको मासुको मूल्य चुलिदै गएको छ । ढुंग्रेबास बजारका मासु व्यपारी गुणराज श्रेष्ठ लकडाउन अघि ब्रोईलर कुखुराको मासु प्रतिकेजी २८० रुपैयामा बिक्रि हुदै आएकोमा यतिखेर बृद्धि भई ३८० रुपैया पुगेको बताउनुहुन्छ । त्यस्तै जिउदो कुखुराको होलसेल मूल्य १६० रुपैया रहेकोमा अहिले २८० रुपैया पुगेको पनि उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “लकडाउन मात्रै नभई सबै कुरा मिलेको छ । ब्रोईलर खायो भने कोरोना लाग्छ भन्दै चल्ला मिल्काएर कसैले हालेका छैनन् । चल्ला र दानाको समस्याले लकडाउनको समयमा व्यवसायिले चल्ला नहाल्दा अहिले मूल्य बढेको हो ।”

साढे दुइमहिना अघिदेखि नै व्रोइलर चल्ला खोरमा नहालेकाले अभाव भएको उहाँको भनाई छ । ‘सबैका खोर रित्तै छन्, यतिखेर बजार खुलेको छ । तर ब्रोइलर कुखुरा छैन,’ उहाँले थप्नुभयो । सदरमुकाम सिन्धुलीमाढीमा ब्रोईलर कुखुराको अभावमा मासु पसल बन्द हुने अवस्था सिर्जना भएको मासु व्यापारीको गुनासो छ ।

कसै कसैले थोरै परिमाणमा कुखुरा पालेको भएपनि जिउदो ब्रोइलर नै महंगो लिने भएकाले मूल्य वृद्धि भएको मासु व्यापारी श्रेष्ठको भनाई छ । लकडाउनको बीचतिर तयार भएका व्रोइलर कुखुरा विक्री नभएर धेरै किसानले फाल्नु परेको दोभान्टारका किसान रामचन्द्र कार्कीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “मैलै पनि तीन किलोका ब्रोईलर कुखुरा भाले सात सय रुपैयामा र पोथी छ सय रुपैयामा घर घरमा नै पु¥याएर बल्ल तल्ल बिक्री गरे । त्यसपछि खोरमा चल्ला हालेको छैन ।” सदरमुकाम सिन्धुलीमाढीमा मात्रै चारसयबढि किसानहरुले तीनसय देखि पा“चसयसम्म ब्रोइलरका चल्ला हाल्ने गरेकोमा अहिले प्राय सबैको खोर रित्तै रहेको बताईएको छ ।

ब्रोइलर कुखुराको मासु सस्तो हुने भएकाले विपन्न तथा मजदुरहरुको रोजाइमा बढि पर्ने गर्दछ । जिल्लामै दुइवटा पोल्ट्रीफर्मले चल्ला उत्पादन गर्दछन् । लकडाउनपछि चल्ला विक्री नभएकाले लाखौं न ष्ट गर्नुपरेको कमलामाइ भेट सप्लायर्सका ओमप्रकाश श्रेष्ठले दुःखेसो पोख्नुभयो । सिन्धुलीमा दैनिक पाचदेखि १० हजार किलोसम्म ब्रोइलर कुखुराको मासु खपत हुने जनाईएको छ ।

प्रतिक्रिया