शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीको भिमान र सुनकोशीमा होल्डिङ सेन्टर !

बिहिवार , जेठ २९, २०७७

सिन्धुली,२९ जेठ – विदेशबाट उद्धार गरेर ल्याइने सिन्धुलीका नागरिकलाई राख्न जिल्लामा दुई ‘होल्डिङ सेन्टर’ तयार गरिने भएको छ । सरकारले विदशेबाट ल्याएर सम्बन्धित जिल्लामा पठाएपछि क्वारेन्टिन वा सेल्फ क्वारेन्टिनमा नजाँदासम्म बस्ने स्थान (होल्डिङ सेन्टर) दुई ठाउँमा बनाउने बुधबार जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा बसेको संकट व्यवस्थापन केन्द्रको बैठकले निर्णय गरेको हो ।

भारत तथा विदेशबाट आउने नागरिकलाई जिल्लाको सिमाना नजिकै कमलामाई नगरपालिका वडा नं. ९ को भिमान र काठमाडौं तर्फ सुनकोशी गाउपालिकामा होल्डिङ सेन्टर तयार गर्ने बैठकले निर्णय गरेको छ । भिमानमा रहेको आजाद स्मृति भवन र नयाँ निर्माण भईहरको वन कार्यालयको भवनलाई होल्डिङ सेन्टरको रुपमा तयार गरी प्रयोग गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले जानकारी दिनुभयो ।

काठमाडौंबाट आउनेहरुलाई राख्न सुनकोशी गाउपालिकाको प्रगतीशिल माविलाई होल्डिङ सेन्टरको रुपमा तयार गरी प्रयोग गर्ने निर्णय भएको उहाँले बताउनुभयो । बैठकले पछिल्लो समय सिन्धुलीमा पनि सं क्रमित फेला परेको र देशमा पनि संक्रमित बढ्दै गएकाले आ ईसोलेसन कक्षको अभाव हुने भन्दै कमलामाई नगरपालिका ६ राम्माडीमा रहेको एपोलो हस्पिटलमा पनि आईसोलन कक्ष निर्माण गर्ने निर्णय गरेको छ ।

संक्रमित बढ्दै जादा सिन्धुली अस्पतालमा रहको ३३ वेड क्षमताको आईसोलेसन कक्ष कम हुने भएकाले एपोलो हस्पीटलमा रहेको २५ वेडलाई आईसोलन कक्ष बनाउन प्रयास गरिने तयारी भएको उहाँले बताउनुभयो । बैठकले यदी कोरोना संक्रमणका कारण सिन्धुलीमा कसैको मृत्यु भएमा त्यसको शव व्यवस्थापनका लागि कमलामाई नगरपालिकाको कुनै उचित स्थान तत्काल छनोट गर्ने भएको छ ।

सिन्धुलीमा कोरोनाका कारण कसैको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको ‘शब व्यवस्थापन प्रोटोकल २०७७’ अनुसार नेपाली सेना, नेपाल रेडक्रस सोसाईटी सिन्धुली, सिन्धुली अस्पताल र स्वास्थ्य कार्यालय सिन्धुलीको समन्वयमा शबको व्यवस्थापन गर्ने गरिने भएको छ । शव व्यवस्थापनका लागि व्यक्तिगत सुरक्षा सामाग्री पिपिई सेट र व्याग जिल्ला समन्वय समिति सिन्धुलीमा खोलिएको कोभिड १९ खातामा जम्मा भएको रकम बाट खरिद गर्ने बैठकले निर्णय गरेको छ । सबै स्थानिय तहहरुमा कोरोना परिक्षणका लागि स्वाब संकलन गर्न सिन्धुली अस्पताल र स्वस्थ्य कार्यालयले तत्काल तालिम कायक्रम संचालन गर्ने भएको छ ।

प्रतिक्रिया