शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

भरुवा ब न्दुक फिर्ता गर्नु पर्ने बाँदर पी डित कृषकहरुको माग

बिहिवार , जेठ २९, २०७७

सिन्धुली,२९ जेठ – सिन्धुलीकोे सुनकोशी गड्तिर क्षेत्रका कृषकहरु आफ्नो खेतबारीमा लगाएको बाली बाँदरबाट जोगाउन खेतबारीमै बास बस्न बाध्य भएपछि भरुवा ब न्दुक फिर्ता गर्नु पर्ने बाँदर पी डित कृषकहरुले माग गरेका छन् ।

बाँदर धपाउन अन्य वैकल्पिक उपाय नभएकाले द्व न्द्वको समयमा माओवादी र सु रक्षाकर्मीले लगेको भरुवा ब न्दुक फिर्ता गर्नु पर्ने बाँदर पी डित कृषकहरुको भनाई छ ।

आफ्नो जमिनमा आफैले मौसम अनुसार लगाएको खाद्यान्न बाली, तरकारी र फलफुल बाँदरले न स्ट गरेपछि सामान खाजा बोकेर बिहानदेखी बेलुकासम्म नै खेतबारीमै बस्न बाध्य भएका हुन् । त्यस क्षेत्रका फिक्कल गाँउपालिका, गोलान्जोर गाँउपालिका र सुनकोसी गाँउपालिकाका विभिन्न ठाँउमा कृषकहरु बाँदरबाट पी डित बन्दै आएका छन् ।

यतिखेर आफ्नो खेतबारीको बाली बाँदरबाट जोगाउन गाँउका सबै कृषकहरु पालो लगाई सामानखाजा घरबाट लगेर दिनभरि खेतमा बाँदर धपाउन बस्ने गरेको फिक्कल गाँउपालिका–४ स्थित खोलागाँउ निवासी कृषक कृष्ण पहाडी बताउनुहुन्छ । धेरै जसो कृषकको विहान उठेदेखि बेलुका साँझसम्म नै खेतमा बास हुने गरेको र जंगलको छेउछाउको बस्तिका कृषकहरु बाँदरबाट धेरै पी डित बनेका उहाँको भनाई छ ।

खेतमा भएको तरकारी बाली हुलका हुल दैनिक आउने बाँदरले खाएर र भाँ चेर नष्ट गरेको गोलान्जोर गाँउपालिका–४ तीनकन्या निवासी कृषक कुमार आलेमगरको पनि उस्तै गुनासो छ । ‘बिहान हुन नपाउदै हुलका हुल बाँदर नजिकैको जंगलबाट बारिमा पसेर फलफुल तथा तरकारी बाली न ष्ट पार्छन’ उहाँले भन्नुभयो, ‘बाँदर धपाउने साधनको अभावमा निकै दुःख पाईएको छ ।’

‘कुकुर र लौरोलाई बाँदरले टेर्दैनन, हजारिया(रातो) बाँदरको बथानमा परियो भने उस्तै पर्दा एक्लै मानिसलाई कुट्न पनि बेर लगाउदैनन्’ उहाँको दुःखेसो थियो । बाँदरकै कारण कतिपय कृषकहरु बेसाहा खान बाध्य भएको स्वयम् कृषकहरु नै बताउछन् । उनीहरुका अनुसार बाँदर धपाउन घरमा भएका भरुवा बन्दुक द्वन्द्वको समयमा तत्कालिन माओवादी र सुरक्षाकर्मीले लगेपछि बाँदरबाट धेरै सास्ती खेप्नु परेको हो ।

‘दिनको एक पटक बन्दुक पड्काएर बाँदर धपाउने गरेका थियौं । गाँउका सबै बन्दुक माओवादी र सुरक्षाकर्मीले लगेपछि सुरुसुरुमा काठको नक्कली बन्दुक बनाएर बाँदर धपाएका थियौं’ गोलान्जोर गाँउपालिका –५ रतनचुरा गाविसका कृषक बिरबहादुर भुजेल भन्नुहुन्छ, ‘बाँदर आउने बित्तिकै नक्कली काठको बन्दुक तेस्र्याएपछि बाँदर भाग्थे । पछि बन्दुकको आवाज आउन छाडेपछि नक्कली बन्दुकलाई पनि बाँदरले टेर्न छाडे ।’

धेरै नै सास्ती खेप्नु परेपछि केही बर्ष पहिले पासो थापेर कमलामाई नगरपालिका ३ तारुफेदीमा एक दर्जन बाँदर मारेको स्थानीय बासिन्दा बताउछन् ।

प्रतिक्रिया