शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीको कनपाद्वारा वि वादित समिति बनाई खुसुक्क योजना सम्झौता

मंगलवार , जेठ २७, २०७७

सिन्धुली,२७ जेठ – ल कडाउनको समयमा कमलामाई नगरपालिका सिन्धुलीले वि वाद हुने गरी योजना संझौता गरी काम शुरु गरेको पाइएको छ ।

कमलामाई नगरपालिका वडा नं. ४ मा सडक निर्माणका लागि न क्कली उपभोक्ता समिति बनाई नगरपालिकाले योजना सम्झौता गरेपछि उक्त वडाका अध्यक्ष, नेपाली काँग्रेस र तीनका भ्रातृ संगठनले नगरपालिका अगाडी ध र्नासहित बि रोध जनाएका छन् ।

वडा नंं. ४ मा वडा अध्यक्ष र बहुसंख्यक उपभोक्तालाई जानकारी नहुने गरी खुसुक्क प्रक्रिया पुर्‍याई न क्कली उपभोक्ता समिति बनाई नगरपालिकाले योजना सम्झौता गरेको स्थानीयको गुनासो छ । प्रदेश सरकारको पूर्वाधार विकासबाट बचेको १० लाख रुपैयाँ उक्त ठाँउमा सडक निर्माण तथा मर्मतमा जिल्ला समन्वय समितिबाट बिनियोजन भएको हो । उक्त बाटो स्तरोन्नतिमा उपभोक्ता समिति गठनमा कानुन विपरित प्रकियामा गएको आरोप डेलिगेसन गएकाले लगाएका थिए ।

वडाको जानकारी तथा सिफारिस बिना काम शुरु हुन थालेको पाइएपछि मंगलबार वडा अध्यक्ष महेन्द्र प्रसाद ढकालको नेतृत्वमा स्थानिय राजनीतिक दल र उपभोक्ताको टोलीले नगर प्रमुख खड्गबहादुर खत्रीको ध्यानाकर्षण गराएको छ । ध्यानाकर्षण पत्र बुझ्दै नगर प्रमुख खत्रीले उपभोक्ता समिति गठनमा त्रुटी भएको भन्दै भोली नै कार्यपालिका बैठक बसी ठोस निर्णय लिने प्रतिवद्धता जनाउनुभयो ।

उहाँले यस अघिका कार्यपालिका बैठकले पास गरेका निर्णयका आधारमा योजना सम्झौता भएको र ती निर्णयहरु पनि कार्य सम्पादन गर्न अपुरो जस्तो देखिएकाले कार्यपालिका बैठकबाटै यसको निकाश निकाल्ने बताउनुभयो ।

नगरपालिकामा पेश गरेको कागजातमा नगर उपप्रमुख मञ्जु देवकोटाको उपस्थितीमा उपभोक्ता समिति गठन गरेको देखिएकाले आफुले योजना सम्झौता गरेको प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम सुवेदीले बताउनुभयो । यद्यपी उपभोक्ता समिति गठनको बेला उपप्रमुख देवकोटाको उपस्थिती भने नभएको नेकपाका नगर अध्यक्ष चूडामणी श्रेष्ठले बताउनुभयो ।

विवाद हुने गरी अध्यक्ष बनाइएका नारायणप्रसाद लामिछानेको यस अघिको योजनामा बेरुजु देखिएको वडा अध्यक्ष ढकालको भनाई छ ।

उपभोक्ता समितिको अध्यक्ष बनाउन कानुनले नदिए पनि उहाँकै अध्यक्षतामा बनाइएको समितिलाई मान्यता दिई काम गर्न दिनु आपत्ती जनक रहेको उहाँले बताउनुभयो । कमलामाइ नगरका उपमेयर र नगरकै प्रशासकीय अधिकृतले नियम बिपरित गैरकानुनी ढंगबाट योजना सम्झौता भएको वडाअध्यक्ष ढकालले भनाई छ । उहाँले भन्नुभयो, “असक्षम प्राविधिक र प्रशासनका कारण योजना परेकोभन्दा पृथक ठाउँमा अहिले काम भइरहेको हामीले पाइरहेका छौ ।”

बागमती प्रदेश सरकारले कमलामाई नगरपालिका मार्फत काम गराउने गरी वडा नं. ४ को आसे खोल्सीदेखि वाङ्मय हुदै जरबुटा संग्राहलयसम्म सडक निर्माणका लागि १० लाख रुपैया बजेट विनियोजन गरेको उहाँले जानकारी दिनुभयो । यस्तो सम्झौता गर्ने सरोकारवालालाई कारबाहीको माग समेत उनीहरुले गरेका छन ।

प्रतिक्रिया