शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

छुट्टाछुट्टै दुर्घटना हुँदा सिन्धुलीमा दुईको मृ त्यु

मंगलवार , जेठ २७, २०७७

सिन्धुली,– सिन्धुलीमा भएका छुट्टाछुट्टै दु र्घटनामा परी दुई जनाको मृ त्यु भएको छ भने एक जना घा इते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीले दिएको जानकारीअनुसार म ृत्यु हुनेमा सिन्धुली घ्याङलेख गाउँपालिका वडा न.१ अमले बस्ने अन्दाजी २५/२६ बर्ष बलराम बम्जन र सिन्धुली हरीहरपुरगढि गाउँपालिका– ३ बनौली बस्ने बर्ष ६० को सन्तराम राई रहेका छन् ।

बम्जनको सोमवार साँझ ५ :०० बजेको सयमा जिल्ला सिन्धुली घ्याङलेख गाउँपालिका वडा न.१ अमले स्थीत सिन्धुलिबाट अमले तर्फ खाधान्न लिएर जादै गरेको ना २ च ९३६६ न.को बलेरो उकालोमा ओट राख्ने क्रममा बलेरोको ब्रेक नलागी चिप्लदा घा ईते भई उपचारको लागी जिल्ला अस्पताल सिन्धुली ल्याएकोमा डाक्टरले राती ९ः३० बजे मृ त्यु घोषणा गरेको र गाडिका चालक जिल्ला प्रहरी कार्यालय सिन्धुलीको नियन्त्रणमा प्रहरीले जनाएको छ ।

यसैगरि सोमवार साँझ ६ः५५ बजेको समयमा .सिन्धुली हरिहरपुरगढी गाउपालिका ५ गाग्रेढुङा स्थित मदन भण्डारी राजमार्गमा भलखडाबाट कपिलाकोट तर्फ आउदै गरेको ना.१.क ९८०५ न.को मिक्चर ट्रकले बिपरित दिसाबाट आउदै गरेको प्रदेश ३–०२–०१० प २३७२ न.को मोटरसाइकललार्ई ठक्कर दिंदा मोटरसाइकलमा सवार राईको उपचारको लागि जिल्ला अस्पताल सिन्धुलीमा ल्याईएकोमा राती ९ः३० बजे जिल्ला अस्पताल सिन्धुलीको डाक्टरले मृ त्यु घोषणा गरेको प्रहरीले जनाएको छ ।

घाइते मोटरसाइकल चालक सिन्धुली हरीहरपुरगढि गाउँपालिका –३ बनौली बस्ने बर्ष अन्दाजी बर्ष३० को बिकाश बि.क.टाउको र खुट्टामा चो ट अबस्था गंम्भिर भएकोले उपचारको लागी धुलिखेल अस्पताल रिफर भएकोमा हालः राष्ट्रिय ट्रमा सेन्टर काठमाडाँैमा उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया