सिन्धुली,२७ जेठ – सिन्धुलीको तिन गाउँपालिकामा भारतबाट आएर क्वारेन्टाईनमा बसिरहेका १२ जनाको स्वाव संकलन गरि परिक्षणका लागि पठाईएको छ । उनीहरुको स्वाव संकलन गरी कीट जन्य रोग अनुसन्धान तथा तालिम केन्द्र, हेटौँडाको ल्याबमा र धुलिखेल अस्पतालमा परिक्षणका लागि पठाईएको स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।
हरिहरपुरगढी गाउँपालिकाका ५ जनाको परिक्षणका लागि हेटौडा र गोलञ्जोर गाउपालिकाका ६ जनाको स्वाव परिक्षणका लागि धुलिखेल अस्पताल पठाईएको स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र कुमार शाले बताउनुभयो । उहाँका अनुसार फिक्कल गाउँपालिकाका १ जनाको मंगलवार परिक्षणका लागि धुलिखेल अस्पताल पठाईनेछ ।
उहाँहरुको परिक्षणको रिपोर्ट भने आउन बाँकी रहेको शाहले बताउनुभयो । स्वाव संकलन गरिएका सबै भारतबाट आएका नागरिक हुन । यस्तै सिन्धुलीमा थप ४ जनाको आरडिटी परिक्षण गरिएको छ । परिक्षण गरिएका सबैको एन्टीवडि रिपोर्ट नेगेटिभ आएको शाहले जानकारी दिनुभयो । उनीहरु सहित जिल्लामा आरडिटी परिक्षण गर्नेको संख्या एक हजार एक सय ६ जना पुगेको छ ।