शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

प्रविधिमा रम्दै एमएम एकेडेमि, विद्यार्थी उत्साहित

सोमवार , जेठ २६, २०७७

लकडाउनका कारण ठप्प रहेको शैक्षिक संस्थाले अहिले विद्युतिय पठन सामाग्रीतर्फ विद्यार्थीलाई प्रेरित गरिरहेका छन् । काठमाडौँ लगायत विभिन्न ठाउँमा स्थापित ठूला शैक्षिक संस्थाले विद्यार्थीलाई डिजिटल माध्यमबाट शिक्षा दिइरहेका छन् । यता, कर्णाली प्रदेशको एक विद्यालयले भने सिमित श्रोतका बाबजुद विद्यार्थीहरुसँग प्रविधिको माध्यममबाट जोडिरहेको छ । सल्यानको शारदा नगरपालिकामा रहेको एमएम एकेडेमिले विद्यार्थीहरुसँग जोडिन डिजिटल माध्यमबाट उत्प्रेरणा कक्षा संचालन गरिरहेको छ । विद्यालयले सोमबार कक्षा ९ र १० का विद्यार्थीलाई उत्प्रेरणा कक्षा संचालन गरेको छ । उत्प्रेरणा कक्षामा सिटिएफ नेपालका उत्प्रेरक रवि किरणले प्रशिक्षण दिएका थिए । उक्त कार्यक्रमको संचालन सिटिएफका ५ नम्बर प्रदेश कार्डिनेटर अशोक सुवेदिले गरेका थिए भने शुभकामना मन्तव्य सिटिएफका केन्द्रिय अध्यक्ष बद्री दाहाल र अभिभावक रमेश गौतमले राखेका थिए । त्यसैगरि, स्वागत मन्तव्य विद्यालयका अध्यक्ष महेश देवकोटाले राखेका थिए । उक्त उत्प्रेरणा कक्षामा कक्षा ९ र १० का ३ दर्जन बढि विद्यार्थी रहेको अध्यक्ष देवकोटाले बताए ।

एमएम एकेडेमिले प्रविधिको प्रयोगलाई बढाएको छ । लकडाउनले गर्दा अभिभावक र विद्यार्थीहरुसँग दुरी बढेको भन्दै विद्यालयले निरन्तर डिजिटल कक्षा संचालन गर्दै आएको छ । विद्यालयले आफ्ना विद्यार्थी र अभिभावकसँग निरन्तर सम्पर्कमा रहेर रुचिअनुसार घरमै बसेर पढ्न मिल्ने वातावरण सिर्जना गरिरहेको छ । विद्यालयले विद्यार्थीहरुको कला समाजिक संजालमा सार्वजनिक गर्दै प्रोत्साहित गर्दै आएको छ । त्यसैगरि, समाजिक संजाल र मोबाइलका माध्यमबाट विद्यार्थीलाई गृहकार्य दिदैँ पढाईमा पनि विद्यालयले सघाउदैँ आएको छ । विद्यालयका अध्यक्ष महेश देवकोटाका अनुसार लकडाउनले पढाईमा प्रभाव पारेपनि विद्यार्थीले व्यवहारिक शिक्षा पाइरहेको बताए । उनले भने, ‘अभिभावक र विद्यार्थीको पढाइको चाहना देखेर हामीमा जाँगर पलाएको छ । आगामी दिनमा पनि प्रविधिको प्रयोगबाटै विद्यार्थी र अभिभावकलाई नयाँ नयाँ कार्यक्रम ल्याउनेछौँ । ’

प्रतिक्रिया