शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सिन्धुलीमा करेन्ट लागेर एक जनाको मृ त्यु

आइतवार , जेठ २५, २०७७

सिन्धुली, २५ जेठ – फिक्कल गाउँपालिका ३, सिन्धुलिमा आज करेन्टलागेर एक जनाको मृ त्यु भएको छ । अन्न पिस्ने मिल चलाउने क्रममा फिक्कल गाउँपालिका ३ का तिलक बहादुर मगरको छोरा ३४ बर्षिय राम बहादुर राना मगरको करेन्ट लागेर मृ त्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

मगर आज बिहान ४ तिसको समयमा मिलचलाउन गएको र बिहान ५ बजे करेन्टलागेर अ चेत भएर ढ लिरहेको अबस्थामा फेला परेका थिए । अचेत अबस्थामा भेटे पछी म ृतक मगरलाई आफन्त र स्थानियको सहयोगमा सुनकोशी सामुदायिक अस्पताल खुर्कोट पुर्‍याईएको थियो ।

अचेत अबस्थामा रहेका मगरको बिहान ८ बजेको समयमा सुनकोशी सामुदाहिक अस्पताल खुर्कोटमा मृ त्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रबक्ता प्रहरी नायब उपरिक्षक श्यामबहादुर खत्रीले जानकारी दिनुभयो ।

प्रतिक्रिया