सिन्धुली ,२४ जेठ – कमलामाई नगरपालिकाले सुत्केरी महिलाहरुलाई घ्यू बितरण गरेको छ । नगरपालिकाले शुक्रबार ५२ जना सुत्केरी महिलालाई घ्यू बितरण गरेको हो ।
नगर उपप्रमुख मञ्जु देवकोटा उपस्थितिमा वडा न. ८ मा १८ जना, वडा न. ९ मा १२ जना, वडा न. १० मा ६ जना, वडा न. १३ मा ३ जना र वडा न. १४ मा १३ जना गरि ५२ जना सुत्केरी महिलालाई १ / १ केजि घ्यू वितरण गरिएको नगरपालिकाका सामाजिक शाखाका बबिन्द्रलाल माझीले जानकारी दिनु भयो ।
अहिले ल कडाउनको स्थितिमा भएकाले सुत्केरी महिलाहरुलाई रा हत मिलोस भन्ने हेतुले कमलामाई नगरपालिकाको विपद व्यवस्थापन निर्देशक तथा समन्वय समितिको वैठकले पहिलो चरणमा चैत्र ११ गते देखि हालसम्म सुत्केरी भएका महिलाहरुको लागि १/ १ के जि घ्यू वितरण गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार वडा तथा स्वस्थ्य चौकीको समन्वयमा विभिन्न सुत्केरी महिलाहरुको विवरण संकलन गरि वडास्तरमै गई वितरण सुरु गरेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार वाँकी वडाहरुमा आज र भोलि वितरण गरिने छ ।