शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुली समाज दक्षिण कोरियाको सहयोग

शनिवार , जेठ २४, २०७७

सिन्धुली,२४ जेठ – जिल्ला वि पद् व्यवस्थापन समिति सिन्धुलीको शुक्रवार बसेको बैठकले सिन्धुली समाज दक्षिण कोरियामा आवद्ध रहेको युवाहरु बाट आर्थिक सहयोगमा सिन्धुली जिल्लाको स्वास्थ्य सेवा प्रदायक निकायहरु, सुरक्षा निकायहरुमा काम गर्न सहज होस् भन्ने उद्धेश्य राखी प्राप्त भएको १०० थान इन्फ्राइरेड थर्मोमिटर ग न हस्तान्तरण गरिएको छ ।

विश्वमा फैलिएको म हामारी कोभिड १९ का कारण जिल्लाको स्वास्थ्य सेवा प्रदायक निकायहरुमा सेवा प्रवाहका लागि जिल्लाका ९ वटै स्थानिय तह अन्तर्गत रहेका स्वास्थ्य केन्द्रहरुका लागि पालिका/प्रमुखहरु र प्रतिनिधिहरुलाई उक्त सामाग्री हस्तान्तरण गरिएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीका सूचना अधिकारी एबम् प्रशासकिय अधिकृत उपेन्द्र न्यौपानेले जानकारी दिनुभयो ।

सिन्धुली समाज दक्षिण कोरियामा रहेर आवद्ध युवाहरुले आफ्नो गृह जिल्लामा सहयोग पुर्‍याउनका लागि समाजका संरक्षक विज्ञान लामाले पुर्‍याएको समन्वय र सहयोग प्रसंसनिय रहेको नेपाल रेडक्रस सोसाइटी सिन्धुली जिल्ला शाखाका सभापति अशोक श्रेष्ठ बताउनुभयो ।

प्रतिक्रिया