शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीको वि पद्को पुर्व तयारी तथा प्रतिकार्य योजना परिमार्जन

शुक्रवार , जेठ २३, २०७७

सिन्धुली – जिल्ला वि पद् व्यवस्थापन समिति, सिन्धुलीले सिन्धुली जिल्लाको यस वर्षको वि पद् पूर्वतयारी तथा प्रतिकार्य योजना अध्यावधिक गरी सार्वजनिक गरेको छ । जिल्लाका राजनीतिक दल, सरोकारवाला निकायहरुसहितको उपस्थितिमा शुक्रवार जिल्ला वि पद् व्यवस्थापन समितिको बैठक बसी वि पद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०७७ को अनुमोदन गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेको अध्यक्षतामा समितिको शुक्रवार बसेको बैठकले समसामयिक बिषयहरु समावेश गरी विभिन्न सरोकारवाला सरकारी तथा गैर सरकारी संघसंस्थाहरुले समितिमा पेश गरेको ‘वि पद् पुर्व तयारी तथा प्रतिकार्य योजना, २०७६’लाई अद्याबधिक गरी स्वीकृत गरी कार्यान्वयन गर्ने निर्णय गरेको हो ।

अध्यावधिक योजनामा हाल महामारीको रुपमा रहेको कोरोना भा इरसको सहज व्यवस्थापन गर्नका लागि स्रोतसाधनको उचित परिचालन गर्ने, प्रतिकार्य संयन्त्र प्रणालीको निर्माण गर्ने तथा उपचारात्मक कार्यलाई तयारी अवस्थामा राख्ने, राजमार्गहरुमा हुने सडक दुर्घटनाका कारण हुने क्षति न्यूनिकरणका लागि निश्चित दुरी कायम गरी ठूला उपकरणलाई तयारी अवस्थामा राख्ने, खोज तथा उ द्धार कार्य छिटो र सहज बनाउनका लागि ड्रोन खरिद गर्ने लगायतका कार्यहरु यस वर्षको कार्ययोजनामा थप गरिएको योजनाको बारेमा नेपाल रेडक्रस सोसाइटी सिन्धुली जिल्ला शाखाका सभापति अशोक श्रेष्ठले जानकारी गराउनुभएको थियो । नेपाल रेडक्रस सोसाइटी सिन्धुली जिल्ला शाखाले वि.सं. २०६८ सालदेखि नै वि पद् पूर्वतयारी तथा प्रतिकार्य योजनामा प्राविधिक सहयोग गर्दै आइरहेको छ ।

बर्षायाम सुरु हुन थालेकाले बर्षायाममा हुनसक्ने वि पद्को पुर्व तयारी अवस्थामा रहने बैठकले निर्णय गरेको छ । बर्षायाममा हुने सक्ने सम्बावित बाढी, पहिरो, लागोलागि, हुरी ब तास, च ट्यांङ, भु कम्प जस्ता वि पद्मा खोज, उ द्धार, रा हत तथा पुनस्र्थापना लागि सबै सुरक्षा निकाय, स्थानिय तह, सरकारी तथा गैर सरकारी निकायहरु तत्काल परिचालन हुने गरी तयारी अवस्थामा रहेन निर्णय गरेको जिल्ला प्रशासन कार्यालय सिन्धुलीका सूचना अधिकारी एवम् प्रशासकिय अधिकृत उपेन्द्र न्यौपानेले जानकारी दिनुभयो ।

वि पद्को समयमा खोज, उद्धार, राहत तथा पुनस्र्थापना लागि आवश्यक पर्ने सबै उपकरण, खाद्य, गैर खाद्य बस्तुहरुको बन्दोबस्त मिलाउने पनि बैठकले निर्णय गरेको छ । वि पद्सँग सम्बन्धित सचेतामुलक सन्देशहरुको प्रशारप्रसार गर्ने, जिल्लाका सबै स्थानिय तहहरुले वि पद्को व्यवस्थापन योजना तर्जुमा गर्ने, प्रतिकार्यका लागि बजेट बिनियोजन गर्ने निर्णय गरेको न्यौपानेले जानकारी दिनुभयो ।

प्रतिक्रिया