सिन्धुली,२३ जेठ – सिन्धुली अस्पतालमा रहेको आ ईसोलेसन कक्षमा शुक्रबार थप दुई जना कोरोना सं क्रमित व्यक्ति उपचारका लागि भर्ना भएका छन् ।
यो सहित उक्त अस्पतालमा उपचारका लागि भर्ना भएका कोरोना सं क्रमित व्यक्तिको संख्या तीन पुगेको छ । अस्पतालका अनुसार शुक्रबार विहान भर्ना भएका सं क्रमित व्यक्तिहरुमा तीनपाटन गाउपालिका–३ निवासी २५ वर्षीय पुरुष र कमलामाइ नगरपालिका–११ निवासी १७ वर्षीय पुरुष रहेका छन् । उनीहरु केही दिनअघि भारतबाट आएर सिधै स्थानीय क्वारेन्टीनमा बसेको खुल्न आएको छ ।
दुवैजनाको स्वाब किटजन्य प्रयोगशाला हेटौंडामा भएको पीसीआर परीक्षणबाट रिपोर्ट कोरोना पो जिटिम आएको हो । त्यस्तै कमलामाई नगरपालिका–१४ स्थित चन्दनपुर मावि क्वारेन्टीनमा बस्दै आएका २३ बर्षिय एक पुरुषमा बुधबार कोरोना स क्रमण पुष्टि भएको थियो । अहिले यी तीनैजनालाई उपचारका लागि सिन्धुली अस्पतालमा रहेको आ ईसोलेसन बेडमा भर्ना गरिएको अस्पतालका व्यवस्थापक बिमल श्रेष्ठले जानकारी दिनुभयो ।
कमलामाई नगरपालिका–१४ का वडा अध्यक्ष जितलाल अधिकारी दनुवारले कोरोना सं क्रमित २३ बर्षिय ती पुरुष १० दिनअघि भारतबाट आएर चन्दनपुर मावि क्वारेन्टीनमा बस्दै आएका थिए ।
ती पुरुषसँगै पिसिआर पक्षिण गरेका उक्त क्वारेन्टीनमा बस्दै आएका अरु ४३ जनाको रिर्पाेट निगेटिभ आएपछि बिहिबार घर पठाएको जानकारी दिदै उहाँले भन्नुभयो, “यि सबै भारतमा रोजगार गुमाएर घर फर्किका नेपाली नागरिक हुन । अहिले उक्त क्वारेन्टीनमा चार जना छन् । उनीहरुको पिसिआर परिक्षण गर्न बाँकी रहेको छ ।”
पछिल्लो समयमा भारतबाट आएका नागरिकहरुबाटै कोरोना सं क्रमणको त्रास बढेको स्थानीयले बताएका छन् । त्यसो त सिन्धुली जिल्लामा पनि भारतबाट आउने नागरिकको संख्या २०७ जना पुगेको छ ।
लकडाउन घोषणा भएपछि बैशाख १ गतेदेखि हालसम्म ती नागरिक भारतका विभिन्न सहरमा रोजगार गुमाएर घर फर्किएको पाईएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार भारतबाट फर्किएकाहरु मध्ये महिला २३ जना र पुरुष १८४ जना रहेका छन् । त्यस्तै तेस्रो मुलकबाट आएका नेपालीको संख्या पनि १०१ जना रहेका छन् । कार्यालयका सूचना अधिकारी एव प्रशासकिय अधिकृत उपेन्द्र न्यौपानेले पछिल्लो समयमा भारतबाट आएका नेपालीलाई १४ दिन क्वारेन्टीनमा राखेर स्वाब परिक्षणपछि मात्रै छाड्ने गरेको बताउनुहुन्छ ।
उहाँले भन्नुभयो, “सुरु सुरुमा आरटिटी टेष्ट गर्दा रिपोर्ट निगेटिभ आएपछि छाड्ने गरिएको थियो । तर पछिल्लासम्ममा कोरोनाको सं क्रमण बढ्दै गएपछि भारतबाट आएकालाई क्वारेन्टीनमा राखेर पिसिआर परिक्षण गरेर निगेटिभ रिपोर्ट आएपछि छाड्ने गरिएको छ ।”
हाल स्थानीय तहका विभिन्न क्वारेन्टीनमा ८२ जना रहेको पनि उक्त कार्यालयले जनाएको छ । कार्यालयका अनुसार महिला र पुरुष गरी हालसम्म १३५ जना क्वारेन्टीनबाट फिर्ता भएका छन् । बैशाख १ गतेदेखि हालसम्म भारतबाट आउने व्यक्तिमध्ये कमलामाई नगरपालिकामा १११ जना, दुधौली नगरपालिकामा ७५ जना, तीनपाटन गाँउपालिकामा तीन जना, गोलन्जोर गाँउपालिकामा छ जना रहेका छन् ।
त्यस्तै हरिहरपुरगढी गाँउपालिकामा तीन जना, सुनकोसी गाँउपालिकामा दुई जना, मरिण गाँउपालिकामा पाँच जना, घ्याङलेख गाँउपालिकामा एक जना र फिक्कल गाँउपालिकामा एक जना भारतबाट आएको कार्यालयले जनाएको छ ।