शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीमा ४७ जना पत्रकारले गराए कोरोना विमा

शुक्रवार , जेठ २३, २०७७

सिन्धुली, २३ जेठ– कोरोना भा ईरले विश्वभरी म हामारीको रुप लिई रहेको बेला सिन्धुली जिल्लामा अग्रपंक्तिमा काम गर्ने ४७ जना पत्रकारले कोरोना बिमा गराएका छन् ।

जिल्लामा कार्यरत पत्रकारहरुले एभरेष्ट ईन्स्योरेन्स कम्पनी लिमिटेडमार्फत एक लाख रुपैया बराबरको कोरोना बिमा गराएको उक्त कम्पनीले जनाएको छ । कोरोना भाईरसको जोखिम बढी रहेको बेला जिल्लामा अग्रपंतिमा खटेर समाचार संकलन तथा प्रकासन÷प्रशारण गर्ने पत्रकारहरुको कोरोना विमा गराएका हुन् ।

कम्पनिका सिन्धुली शाखा प्रमुख राजुप्रसाद सापकोटाका अनुसार पत्रकारको पिसिआर रिपोर्ट पोजेटिभ आएमा बिमा गरेको रकम एक लाख रुपैया पाउने छन् । अग्रपंतिमा खटिएर काम गर्दा कोरोना भा ईरसको सङ क्रमण भई हालेमा उपचारमा सयहोग पुर्‍याउने उद्देश्यले पत्रकारको कोराना विमा गर्न सुरु गरेको उहाँले बताउनुभयो ।

उक्त कम्पनीका अनुसार प्रति व्यक्ति छ सय रुपैया शुल्क तीरेर एक लाख रुपैया बराबरको सामूहिक बिमा गराएका छन् ।

प्रतिक्रिया