सिन्धुली,२२ जेठ – सिन्धुली जिल्लामा पहिलो पटक कोरोना भा इरस (को भिड–१९) पुष्टि भएका युवालाई सिन्धुली अस्पतालको आइसोलेनसन कक्षमा राखेर उपचार थालिएको छ । कमलामाई नगरपालिका १४ स्थित रानिवास क्वारेन्टाइनमा रहेका २३ वर्षीय पुरुषमा कोरोना भा इरसको संक्रमण भएको पुष्टि भएपछि उहाँलाई बि हीबार सिन्धुली अस्पताल ल्याइएको हो ।
रानीवासको चन्दनपुरस्थित क्वारेन्टाइनबाट ती पुरुषलाई सिन्धुली अस्पतालको विशेष टोलीमार्फत ल्याइएको र उहाँलाई आइसोलेसन कक्षमा भर्ना गरिएको सिन्धुली अस्पतालका प्रवक्ता डाक्टर प्रसन्नराज भण्डारीले जानकारी दिनु भयो ।

डाक्टर राजभण्डारीका अनुसार ती युवाको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ । जनस्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र कुमार शाहका अनुसार संक्रमित पुरुष भारतबाट आइ चन्दनपुर माविको क्वारेन्टाइनमा बस्दै आउनु भएको थियो ।
उहाँको हेटौंडा प्रादेशिक अस्पतालमा गरिएको पीसीआर टेष्टमा कोरोना संक्रमण भएको पुष्टि भएको हो । उक्त क्वोन्टाइनबाट पहिलो चरणमा ५१ जना र दोस्रो पटक ७१ जना गरी १ सय २२ जनाको नमुना संकलन गरी कोरोना परीक्षणका लागि पठाइएकोमा ६९ जनाको परीक्षण सम्पन्न गर्दा एकजनामा कोरोनो पोजिटिभ देखिएको हो । अन्यको रिपोर्ट आउन बाँकी नै छ ।
उता जिल्लामा पहिलोपटक कोरोना भाइरसको सं क्रमित भेटिएपछि उच्च स तर्कता अपनाउन भनिएको छ । प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले जिल्लाबासीलाई संयमित र सतर्क भएर बस्न भन्नु भएको छ ।
उहाँले जिल्लामा थप संक्रमण हुनसक्ने खतरालाई मध्यनजर गर्दै लकडाउनलाई कडाइ गरिने बताए । प्रमुख जिल्ला अधिकारी पाण्डेले भन्नु भयो, “लकडाउनका समयमा अत्यावश्यक बाहेक पनि पसल संचालन गरेर जोखिम बढाइएको पाएको त्यस्तो कार्यको हामी बन्द गराउँछौं । अटेर गरे कानुनअनुसारको कारबाही हुन्छ ।”