ग्वाल्टार,(सिन्धुली),२० जेठ – सिन्धुलीको गोलन्जोर गाँउपालिका–३ ग्वाल्टारस्थित पूर्वको पशुपतिनाथ भनेर चिनिने सुलिभञ्ज्याङमा पक्कि संरचना निर्माणसँगै विवाद सुरु भएको छ ।
गाँउपालिकाले निर्णय गरेर भाडा लिने गरी घर बनाउन दिएसँगै गुठी तथा सार्बजनिक जग्गा अतिक्रमणको चपेटामा परेको भन्दै स्थानीय केही व्यक्तिले गुनासो गरेका छन् । नेपाली काँग्रेसले जितेको गोलन्जोर गाँउपालिकामा अहिले गाँउपालिकाले गरेको निर्णयको बिरोध गर्दै नेकपा समिर्थित व्यक्तिले उक्त मुद्धा बाकेर हिडेका छन् ।
सुलिभञ्ज्याङमा रहेको भिमलेश्वर महादेव मन्दिरको नाममा रहेको गुठी जग्गा तथा वरिपरीको सार्बजनिक जग्गा अतिक्रमण गरी पक्कि घर बनाउन सुरु गरेको स्थानीय केही व्यक्तिको भनाई छ ।
सुलिभञ्ज्याङ पर्यटकिय स्थल बनाउन सकिने संभावना बोकेके ठाँउ भएकोले अहिले व्यक्तिलाई कंक्रिट घर बनाउन दिदा भोली हटाउन सकिदैन भन्ने चिन्ता भएको स्थानीय नेकपाका गाँउपालिकाका ईन्चार्ज केपी पोख्रेलले गुनासो गर्नुभयो ।
उहाँले भन्नुभयो, “उक्त मन्दिरको नाममा गुठि र सार्बजनिक जग्गा रहेको छ । मन्दिरकै नाममा उदयपुरमा समेत दुई विगाहा गुठी जग्गा अहिले पनि रहेको छ ।” उहाँका अनुसार उक्त मन्दिर राणाकालिन समयमा निर्माण भएको हो । कोत पर्व हुदा जङगबहादुरका सिपाही भिम आले र राम आलेले धेरै मानिसको टाउको गिडेर फालेपछि त्यसको प्रायश्चित गर्न उक्त ठाँउमा आई उक्त महादेवको मन्दिर स्थापना गरेको बताईएको छ ।
पोख्रेलका अनुसार गाविस हुदा सर्बदलिय बैठकले अस्थायी टहरा बनाउन दिई भाडा लगाउने र गाविसले आवश्यक ठानेको बखत जतिसुकै बेला हटाउन सकिने निर्णय गरी चार जनालाई अस्थायी घर बनाउन भाडामा दिएको थियो । “त्यो भाडा पनि पहिलेदेखि नै तिरेको छैनन्” उहाँले भन्नुभयो, “अहिले स्थानीय उद्धब घिमिरेले पक्कि घर बनाउन सुरु गरेका छन् । उनले पक्कि घर बनाउदा त्यसैको सिको गरेर अरुले पनि बनाउने हुन्की भन्न डर हो ।”
उक्त ठाँउमा व्यक्तिले पक्कि संरचना बनाउन थालेपछि एस्पी कार्यालयमा समेत मौखिक उजुरी हालेको अर्का स्थानीय देशभक्त जनगणतान्त्रीक मोर्चाका नेता अर्जुन थापा बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘सिडियो कार्यालयमा समेत उजुरी हाल्न आवश्यक कागजपत्र सहित पठाएका छौं ।’
यता गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन दर्जी पनि आईतबार बसेको गाँउपालिकाको कार्य पालिका बैठकले आवश्यक परेको बेला जग्गा खाली गर्ने गरी भुकम्प पीडितलाई बार्षिक एक हजार रुपिया भाडा लिएर घर बनाउन जग्गा दिने निर्णय गरेको बताउनुहुन्छ ।
उहाँले भन्नुभयो, “भुकम्पले घर भत्किएको, जस्को अर्को ठाँउमा घर बनाउन जग्गा छैन । त्यस्ता व्यक्तिलाई घर बनाउन जग्गा भाडामा दिने निर्णय भएको छ ।” आफु पनि भर्खर सरुवा भई आएकोले सबै कुराको जानकारी नभएको बताउदै उहाँले बैठकमा उक्त जग्गा गुठिको नभएको छलफल भएको पनि बताउनुभयो ।
‘गुठिको जग्गा होईन, गाँउपालिकाले खोजेको अवस्थामा भत्काएर लैजानु पर्ने भन्ने निर्णइ भएको छ,’ उहाँले थप्नुभयो ।
उक्त वडाका अध्यक्ष पुष्कर बराल पनि आफुले नक्सा हेर्दा उक्त जग्गा गुठिको नभएको पाएको बताउनुभयो । उहाँले भन्नुभयो, “त्यो गुठिको जग्गा होईन, साबर्जनिक जग्गा हो । मैले पनि नक्सा हेरेको छु ।” उहाँले यसअघि त्यहा पाँच वटा घर बन्दासम्म विवाद नभएको र अहिले त्यहा अर्को एक जनाले घर बनाउन सुरु गरेपछि राजनीतिक मुद्धा बनाउन खोजेको बताउनुभयो ।
गाविस हुदाको बेला आठ मिटर लम्बाई र चार मिटर चौडाई भएको जग्गा बार्षिक एक हजार रुपैया भाडामा दिएको उहाँले सुनाउनुभयो ।