शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सिन्धुलीका प्रतिपक्षिय दलहरुको सर्वदलिय बैठक

आइतवार , जेठ १८, २०७७

सिन्धुली,१८ जेठ– सिन्धुलीका प्रतिपक्षिय दलहरुको सर्वदलिय बैठक शनिवार सिन्धुलीमाढीमा बसेको छ । बैठकले ल कडाउनका कारण प्रभावित भएकाहरुलाई जिल्लाका स्थानिय तहहरुले गुणस्तर हिन राहत वितरण गरेको, राहत वितरण गर्दा अ नियमितता गरेको निष्र्कष निकालेका छन् ।

जिल्लाका नौ वटै स्थानियतहहरुमा गुणस्तर हिन राहत वितरण गरेको, आर्थिक अनियमितता गरेको गुनासो बढेकाले यो बिषयमा छानबिन हुनु पर्ने बैठकले निष्कर्ष निकालेको छ ।

नेपाली काँग्रेस सिन्धुलीको नेतृत्वमा भएको सर्वदलिय बैठकले को रोना भा ईरस रोकथामका लागि जिल्लाका स्थानियहरुमा क्वा रेन्टाईन व्यवस्थापनमा लापर्वाही भएको, क्वारेन्टाईनमा बसेकाहरुको अहिले सम्म स्वास्थ्य चेकजाँच नभएकाले क्वा रेन्टाईन व्यवस्थापन गर्न र उनीहरुको स्वास्थ्य चेकजाँच तत्काल गर्नुपर्ने माग गरेको छ ।

जिल्लाका नौ वटै स्थानिय तहमा कोरोना रोकथाम तथा नियन्त्रण, राहत वितरणको नाममा भईरहेका अनियमितता, विकास निर्माणमा भएको अनियमितता लगाएतका कुराहरुलाई मुद्धा बनाएर लैजाने बैठकले निर्णय गरेको नेपाली काग्रेस सिन्धुलीका सभापति उज्ज्वल प्रसाद बराललले बताउनुभयो । “कमलामाई नगरपालिका सहित जिल्लाका सबै स्थानिय तहहरुमा गुणस्तर हिन राहत वितरणको, आर्थिक अनियमितता भएको, क्वारेन्टाईनमा रहेकाहरुको चेकजाँच भएको छैन । आईसोलेसन वर्ड बनेको छैन् । क्वारेन्टाईन पनि व्यवस्थित छैन् । किसानले मल पाएका छैनन् । विकास निर्माणमा ठुला चलखेल अनियमितता भएका छन् भन्ने जनस्तर बाटै आवाज उठेका छन् । यी सबै कुरामा छानविन हुनपर्छ भन्ने बैठकले निष्कर्ष निकालेको छ” उहाँले भन्नुभयो ।

राज्यले गर्नुपर्ने सामान्य काम पनि जनताको पक्षमा अहिलेको स्थानिय सरकारले नगरेको बैठकले ठहर गरेको उहाँले बताउनुभयो । स्थानिय सरकारले गरेका आर्थिक अनियमितता, गुणस्तर हिन राहत वितरण, विकास निर्माणमा उपभोक्ता समितिले नै गरेको आर्थिक अनियमितता विरुद्ध सघर्ष गर्ने उहाँले बताउनुभयो ।

स्थानिय सरकारले गरेको गलत गतिविधिहरुका बारेमा कसरी अगाढी बढ्ने भन्ने बिषयमा सबै प्रतिपक्ष दलहरुसँग छलफल भईरहेकाले छिटै निष्कर्ष निकाल्ने उहाँले बताउनुभयो । नेपाली काग्रेस सिन्धुलीको नेतृत्वमा बसेको सर्वदलिय बैठकमा जनता समाजवादी पार्टी, राप्रपा, देशभक्त जनगणतान्त्रिक मोर्चा लगाएतका ७ दलहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया