शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

अब सिन्धुलीमै पि सिआर परिक्षणको प्रयोगशाला स्थापनाको तयारी

शुक्रवार , जेठ १६, २०७७

सिन्धुली,१६ जेठ – कोरोना भा ईरसको त्रा स बढी रहेको बेला सिन्धुली जिल्लामा नै पि सिआर परिक्षणका लागि कोभिड –१९ प्रयोगशाला स्थापनाका लागि तयारी सुरु गरिएको छ ।

को भिड –१९ को सं क्रमण रोकथाम, नियन्त्रण तथा उपचार लगायतका कार्यहरु प्रभावकारी ढंगले गर्नको लागि प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा गठिन क्रा ईसिस व्यवस्थापन केन्द्रको बिहिबारको बैठकले यस्तो तयारी सुरु गरेको हो ।

प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेको अध्यक्षमा बसेको उक्त बैठकले जिल्लामा नै पि सिआर जाँचको लागि आवश्यक उपकरण सहितको प्रयोगशाला स्थापनाका लागि सामाजिक विकास मन्त्रालय बाग्मती प्रदेश होटौडालाई अनुरोध गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी उपेन्द्र न्यौपानेले शिवनगरमा ट्राफिक प्रहरी पोष्ट नजिकै रहेको जिल्ला भूसंरक्षण भवनलाई को भिड–१९ प्रयोगशालाको रुपमा परिणत गर्ने निर्णय गरेको जानकारी दिनुभयो । उहाँका अनुसार यसअघि जिल्लामा उक्त प्रयोगशालाको अभावमा हेटौडा र काठमाण्डौ पठाई ९५ जनाको पिसिआर जाँच गरेकोमा सबैको नतिजा निगेटिभ आएको छ ।

छिमेकी जिल्लाहरुमा कोरोना भाईरसको सं क्रमण उच्च दरमा बढी रहेको र सिन्धुली जिल्लामा पनि भारतबाट मानिस आउने क्रम बढ्दै गएकोले जिल्लामा नै पिसिआर परिक्षणको सुविधा हुनु अतिआवश्यक महसुस गरी उक्त माग गरिएको उहाँले बताउनुभयो ।

त्यस्तै पछिल्लो समयमा भारतबाट मानिस फर्किने क्रम बढेकोले बैठकले नगरपालिकाको हकमा कम्तिमा पाँच सय र गाँउपालिकाको हकमा कम्तिमा दुई सय बेडको न्युनतम सुविधा सहितको क्वारेन्टीन बेड र आईसोलेन्स बेडको हकमा सदरमुकाममा न्युनतम ५० बेड संख्या थप गर्न सम्बन्धित सबै पालिकाहरुलाई अनुरोध गर्ने निर्णय गरेको पनि उहाँले सुनाउनुभयो ।

हाल जिल्लामा आईसोलेन्स बेडको सङख्या ३३ र क्वा रेन्टीन बेडको संख्या २५९ रहेको छ ।

त्यस्तै जिल्लामा पिपिई सेट, आरडिटी किट र भिटिएम किट सकिएकाले पाँच सय थान पिपिई सेट, दुई हजार थान आरडिटी किट र एक हजार थान भिटिएम किट उपलब्ध गराई दिन प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय भएको सुचना अधिकारी न्यौपानेले बताउनुभयो ।

उहाँका अनुसार जिल्लामा पिसिआर ल्याब स्थापना नभएसम्म स्वाब परिक्षणका लागि हेटौडा वा काठमाण्डौ लैजानु पर्ने भएकोले यसको ढूवानी सम्बन्धि व्यवस्था सम्बन्धित स्थानीय तहबाट मिलाउने निर्णय बैठकले गरेको छ ।

देशका विभिन्न सिमा नाकामा आईपुगेको सिन्धुली जिल्लाबासीहरुलाई उनीहरुको बसोबास रहेको स्थानीय तहसम्म ल्याई पु¥याउन यातायातको व्यवस्था सम्बन्धित पालिकाले मिलाउने बैठकले निर्णय गरेको छ । साथै त्यसरी ल्याएका नागरिकलाई विश्व स्वास्थ्य सङगठनले तोके बमोजिम पालिकाले सिधै क्वारेन्टीनमा राखि नियमित स्वास्थ्य चेकजाँचको व्यवस्था मिलाउने निर्णय गरेको सूचना अधिकारी न्यौपानेले जानकारी दिनुभयो ।

प्रतिक्रिया