शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

कमलामाई नगरपालिकाले राहत वितरण गर्दा विभेद गरेको काँग्रेसको निष्कर्ष

शुक्रवार , जेठ १६, २०७७

सिन्धुली,१६ जेठ – नेपाली काँग्रेस सिन्धुलीले कमलामाई नगरपालिकाले राहत वितरण गर्दा विभेद गरेको निष्कर्ष निकालेको छ । काँग्रेस सिन्धुलीको पदाधिकारी तथा उपलब्ध नेताहरुको बिहिबार बसेको बैठकले को रोना भा ईरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनका कारण मारमा परेका वि पन्न परिवारलाई राहत वितरण गर्दा नगरपालिकाले विभेद गरेको निष्कर्ष निकालेको हो ।

राहत वितरणका लागि नगरपालिकाले सरकारी कुनै पनि सेवा सुविधा बाट बन्चित विपन्न परिवारलाई मात्र राहत वितरण गर्ने निर्णय गरेपनि त्यसको वेवास्ता गर्दै पहुँचका आधारमा राहत बाडेको पाइएको काँग्रेसले जनाएको छ । नेकपाले जितेका वडाहरुमा नाम टिपाएका सबै परिवार र पेन्सन खानेले पनि नगद र खाद्यान्न सहितको दोहोरो राहत पाएको र काँग्रेसले जितेका वडाबाट सिफारिस गरेका परिवारलाई भने खाद्यन्न मात्र पनि नपुग्ने गरी राहत वितरण भएको पाइएको भन्दै त्यस प्रति पार्टीको गम्भिर ध्यानाकर्षण भएको जनाइएको छ ।

पार्टीले पहिलो चरणमा विभेद हुनुको कारण बारेमा पहिलो चरणमा पार्टीको तर्फबाट निर्वाचित वडा सदस्य तथा कार्यपालिका सदस्यको राय बुझ्ने र त्यस पछि विपक्षी दल सँग पनि छलफल गरी आवश्यक कदम चाल्ने निर्णय गरेको पार्टी सचिव कृष्ण प्रसाद दाहालले जानकारी दिनुभयो । बैठकमा राहत वितरणमा भएका गतिविधी पार्टी पदाधिकारी र नेताहरुले नजिकबाट नियाली रहेको र बैठकमा त्यसको समिक्षा भएको पाटी सचिब दाहालले जानकारी दिनुभयो । बैठकमा उठेका विषय बस्तुलाई समेट्दै जिल्ला सभापती उज्वल प्रसाद बरालले स्थानिय, प्रदेश र संघिय सरकारबाट नै यस महामारीमा भ्रष्टचार मौलायको, सरकारी गाडीको दुरुपयोग भएको, जिल्लामा स्वास्थ्य चेक जाँचको अवस्था र क्वारेन्टाईनको व्यवस्था राम्रो नभएको, कालाबजारी मौलायको, खेतीपातीको समयमा उचित मल तथा बिउ बिजनको व्यवस्थापन ध्यान केन्द्रित नभएको प्रति र लकडाउनका कारण व्यापार व्यवसाय हुन नपाएकाले व्यवसायिक हिसावले लिएका कर्जाको सावाँ व्याज भुक्तानीमा सहुलियत दिलाउनका लागि पार्टीको तर्फबाट सम्वन्धीत सबैको ध्यानकर्षण गराउनेमा जोड दिनुभयो ।

बैठकमा काँग्रेस उपसभापती खड्ग बहादुर वाईवा, सचिव दिपक घिमिरे, कोषाध्यक्ष गोविन्द पाहाडी, नेताहरु दिपक मिश्र, माणिक ढकाल, उपेन्द्र कुमार पोखरेल, गंगा दहाल, सुसिला थिंग, विद्यार्थी नेता शेखर मिश्र, इश्वर बस्नेत लगायतले विपद्मा सबैले आ आफ्नो भूमिका निर्वाह गर्दै भ्रष्टचार नियन्त्रणका लागि आवस्यक कदम चाल्दै जनता र पार्टीको हित हुने गरी काम गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

प्रतिक्रिया