शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

दु र्घटनामा दुईको मृ त्यु

आइतवार , जेठ ११, २०७७

काठमाडौँ, ११ जेठ- काठमाडौँको टोखा नगरपालिका–२ पञ्चेटारमा आज बिहान मोटरसाइकल दु र्घटनामा परी दुई जनाको मृ त्यु भएको छ । विपरीत दिशाबाट आइरहेको मोटरसाइकल एकापसमा ठ क्कर खाई दु र्घटना हुँदा उनीहरुको मृ त्यु भएको महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिनुभयो । मृ त्यु हुनेमा स्थानीय मनोज दुलाल र पासाङ तामाङ रहेको र दुवै मोटरसाइकल चालक रहेको बताइएको छ ।

बिहान ५ बजे बा८५प ५६६ र बा९१प ११८८ नंको मोटरसाइकल एकापसमा ठक्कर खाई भएको उक्त दुर्घटनामा परी ग म्भीर घा इते भएका उनीहरुको उपचारका क्रममा महाराजगञ्जस्थित शिक्षण अस्पतालमा मृ त्यु भएको हो । दुर्घटनामा अन्य तीन घा इते भएको र उनीहरुमध्ये सामान्यको यहाँस्थित ग्रिनसिटी अस्पताल र केही ग म्भीर रहेकाको ग्राण्डी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

 

गो ली लागेको अवस्थामा प्रहरी मृ त फेला

काठमाडौँको हल्चोकस्थित प्रहरी बिटमा कार्यरत प्रहरी सहायक निरीक्षक विष्णु कार्की मृ त फेला परेका छन् । राति १२ बजेसम्म ड्युटीमा खटिएर कोठामा गएका उनी बिहान मृ त फेला परेको महानगरीय प्रहरी वृत्त स्वयम्भूका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिनुभयो । उनको क च्चटमा गो ली लागेको पाइएको छ ।

उहाँका अनुसार आज बिहान अबेरसम्म नउठेपछि हेर्न जाँदा कोठामा चुकुल लगाइएको थियो । ढोका फो रेर हेर्दा कञ्चटमा गो ली लागेको अवस्थामा मृ त फेला परेको उहाँले जानकारी दिनुभयो । कार्कीले आफ्नै पेस्तोलले गोली हानेर आ त्महत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमखु प्रहरी नायब महानिरीक्षक पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार घ टनाको अ नुसन्धान भइरहेको छ ।

प्रतिक्रिया