शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीको सुनकोसीका २३ सय श्रमिकलाई कामसँगै राहत

शनिवार , जेठ १०, २०७७

सिन्धुली– सिन्धुलीको सुनकोशी गाउँपालिकाले को रोना भा ईरस(को भिड– १९) को सं क्रमणबाट बच्न सरकारले लागु गरेको ल कडाउनका कारण रोजगार गु माएका असंगठित क्षेत्रका श्रमिक, असाहय तथा विपन्न परिवारलाई रा हत वितरण गरेको छ । गाउँपालिकाले सरकारको निर्देशन अनुसार ल कडाउनका कारण विहान बेलुकाको छाक टार्नै स मस्यामा परेका श्रमिक, अशाहय र वि पन्न परिवारलाई श्रममा लगाएर राहत वितरण गरेको हो ।

को रोना भा ईरसको सं क्रमण फैलिएसँगै देश ब न्दाबन्दी भएपछी रोजगारी गु माएका सुनकोसी गाउँपालिकाको सात वटै वडाका २३ सय मजदुरहरुलाई सार्वजनिक काम लगाएर राहात वितरण गरेको हो ।

 

गाउँपालिका भित्र फोहोर सफा, चौतारा निर्माण, कुलो मर्मत लगायतका काममा लगाए श्रमिक तथा विपन्न परिवारलाई राहात वितरण गरेको छ । एक श्रमिकलाई तिन दिन काममा लगाएर दिनको ८ सयका दरले तिन दिनको २४ सय ज्याला बराबरको राहत वितरण गरिएको सुनकोशी गाउँपालिका अध्यक्ष दिपा बोहोरा दाहालले बताउनुभयो । राहतमा ३० किलो चामल, ३ किलो दाल, नुन,तेल, साबुन लगाएतका अत्यावश्यक खाद्यान्नका सामानहरु वितरण गरिएको सुनकोशी गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत विकास उहाँले जानकारी दिनुभयो ।

काममा सहभागी श्रमिक तथा विपन्न परिवारलाई गाउँपालिका सबै वडाका वडाअध्यक्ष लगाएतको जनप्रतिनिधिहरुको रेहोबरमा राहत वितरण गरिएको छ । गाउँपालिकाले नेपाल सरकार तथा अन्तर्राष्ट्रिय सरकारी सेवाको करार वा स्थायी प्रकृतिको रोजगार, पेन्सन लिइ रहेका, समामाजिक सुरक्षा प्राप्त गर्ने ब्यक्ति, सामाजिक रुपमा प्रतिष्ठित तथा आर्थिक रुपमा सम्पन्न व्यक्तिहरुलाई भने राहत नदिने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विकास सुन्दासले बताउनुभयो ।

सिन्धुलीका नौँ स्थानिय तहमध्ये तिनपाटन गाउँपालिका बाहेक सबै गाउँपालिकाले राहत वितरण गरेका छन् । आठ वटा स्थानिय तहहरुले लकडाउनका कारण खान नै समस्यामा परेका झन्डै २८ हजार परिवारलाई राहत वितरण गरेको तथ्यांक छ ।

वि पद् व्यवस्थापन समिति तथा संकट व्यवस्थापन केन्द्र सिन्धुलीले निकाले दोस्रो कोरोना भाईरस सम्बन्धि बुलेटिनको तथ्यांक अनुसार आठ स्थानिय तहहरुले २७ हजार ६ सय ४३ घर परिवारलाई राहत वितरण गरेका छन् । जस मध्ये अहिले सम्म कमलामाई नगरपालिकाले ७ हजार २ सय ८८, दुधौली नगरपालिकाले ७ हजार ९९, गोलन्जोर गाउपालिका २५ सय १, घ्याङलेख गाउपालिका ७ सय ६, फिक्कल गाउपालिकाले १४ सय ४८, मरिण गाउपालिकाले ६१ सय १ परिवारलाई राहत वितरण गरेका छन् ।

प्रतिक्रिया