सिन्धुली,९ बैशाख – जिल्ला प्रशासन कार्यालयमा नायब सुब्बा पदमा कार्यरत गोविन्दप्रसाद कोईरालालाई का रोना भा ईरसको सं क्रमण तथा जो खिमबाट यतिखेर अरु व्यक्ति भन्दा आफुलाई निकै सु रक्षित महसुस भएको छ ।
चार दिनअघि आ रडिटी परिक्षण गर्दा नतिजा पो जेटिभ देखिएपछि आ त्तिनु भएका कोईरालालाई पि सिआर विधिबाट गरिएको स्वाब परिक्षणको नतिजा नेगेटिभ आएपछि यतिखेर अरु भन्दा सु रक्षित महसुस भएको हो । उहाँले भन्नुभयो, “आ रडिटीडिटी टेष्ट गर्दा नजिता पो जेटिभ आउदा एकखेप त सा र्लाकसुर्लक्कै भई । पछि बिस्तारै आफुलाई सम्हाल्दै गई र फराकिलो सोच गर्दै आएपछि ठाँउमै आई हाल्यो । सामाजिक व्यवहारमा साथीहरुमा आएको परिबर्तन देख्दा चाहि टे न्सन हुदो रहेछ ।”
“बरु अहिले पिसिआर परिक्षणको नतिजा पनि नेगेटिभ आएपछि बरु हामी चाहि अरु भन्दा सुरक्षित छौं,” उहाँले थप्नुभयो, “पि सिआर विधिबाट स्वाब परिक्षणको नतिजा नआउन्जेल छुट्टै घरमा व्यवस्थित क्वा रेन्टाइन बनाएर तीन दिन बसे म । बरु अरु साथीलाई पुरानो सिडियो कार्यालयमा क्वा रेन्टाइन बनाएर राखे ।”
सामाजिक रुपमा मानिसहरुले हेर्ने दृष्टिकोण चाहि ज्यादै फरक भएको आफुले त्यो बीचमा भोगेको उहाँले सुनाउनुभयो । उहाँसँगै सिन्धुली अस्पतालमा सोमबार गरेको को रोना भा ईरस रो कथाम तथा नि यन्त्रणमा अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी, जनप्रतिनिधीको आरडिटी परिक्षणमा २० जनाको नतिजा पो जेटिभ आएको थियो ।
उक्त आरडिटी परिक्षणमा नतिजा पो जेटिभ देखिएका अरु व्यक्तिहरु पनि आरडिटी परिक्षण भरपर्दो नहुदा सामाजिक जीवन नै कठिन बनेको बताउछन् । आ रडिटी परिक्षणको नतिजा पो जेटिभ देखिएपछि स्वाब पिसिआर परिक्षणको नतिजाको पर्खामा रहका एक सदरमुकामकै बासिन्दा भन्नुहुन्छ, “को रोना भा ईरसको संक्रमण भएको ठानेर समाज, आफन्त र परिवारले नै छिछि र दुर्दुर गर्दा दिक्क लागेर आएको छ ।”
आरडिटी परिक्षणको किट सुरक्षित र भरपर्दा नहुनाले पिसिआर परिक्षणको नतिजा नआउन्जेलको सामाजिक जीवन क ष्टकर बनेको उहाँको गुनासो छ । आफ्नै घरमा क्व रेन्टाईनमा बस्दै आउनु भएका उहाँले भन्नुभयो, “भरपर्दो नभएको यस्तो आरडिटी परिक्षणको कुनै काम छैन । यसले समाज र परिवारलाई त्रासमा मात्रै पारेको छ ।”
यता स्वास्थ्य कार्यालय सिन्धुलीका अनुसार जिल्लामा जेठ ६ गतेसम्म ८४४ जनाको आरडिटी परिक्षण गरिएको छ । ती मध्ये २७ जनाको नतिजा पोजेटिभ र बाँकीको निगेटिभ आएको छ ।
पोजेटिभ नतिजाका व्यक्तिसहित ५७ जनाको स्वाब संकलन गरी पि सआर विधिबाट परिक्षण गर्न प्रादेशिक अस्तपताल हेटौडा पठाईएकोमा शुक्रबार बिहानसम्म ५० जनाको नतिजा निगेटिभ आएको छ । सात जनाको नतिजा आउन बाँकी रहेको कार्यालय प्रमुख जितेन्द्र साहले जानकारी दिनुभयो ।
विद्यार्थी नेता उत्पल खड्का पनि आ रडिटी परिक्षणमा एकै पटकमा धैरै व्यक्तिको पो जेटिभ नतिजा आउदा अशान्त बनेको सिन्धुलीको सामाजिक जीवन पि सिआरको नतिजा नेगेटिभ आएसँगै खुशी छाउदै गएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “कोर ना परिक्षणमा भरपर्दो नदेखिएको आ रडिटी परिक्षणलाई बन्द गरीनु पर्छ । यसले समाजलाई त्रासमा पार्ने भन्दा अरु काम गरेन ।”
जिल्लामै पिसिआर विधिबाट कोरोना परिक्षणको व्यवस्था गर्न सबै लाग्नु पर्ने उहाँको धारणा छ ।
यता सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष प्रल्हादकुमार पोख्रेलले डा. भनाई अनुसार कोरोनालाई परास्त गर्ने क्षमताको विकास भएको देखाउने बताउनुभयो । आरडिटी र पिसिआर भनेको के हो ? सबैले बुझ्न जरुरी रहेको उहाँको भनाई छ ।
अध्यक्ष पोख्रेलले भन्नुभयो, “पिसिआरको विश्वासनियता ३० देखि ७० प्रतिशत छ भने आरडिटीको विश्वासनियता ९३ प्रतिशत छ । उदयपुरको केस पनि आरडिटीबाटै पत्ता लागेको हो । पछि पिसिआर गर्दा पनि पोजेटिभ देखिएको हो ।” पिसिआर विधि अहिले नेपालको सन्दर्भमा निकै मँहगो रहेको पनि उहाँले सुनाउनुभयो ।
उहाँले भन्नुभयो, “पिसिआरको मेसिन सिन्धुलीमा स्थापना गर्न मलाई मन्त्रीले भनीरहनु भएको छ । त्यसलाई एकदम सुरक्षित भवन चाहिन्छ । केन्द्रिय प्रयोगशाला जस्तै भएकोले त्यस्तो भवनको व्यवस्थापन गर्न सकिरहेका छैनौं । भवनको व्यवस्थापन गर्न सक्यो भने पिसिआर मेसिन यहाँ जडान हुन्छ ।” आरडिटी पोजेटिभ आउने बित्तिकै आत्ति हाल्नु पर्ने अबस्था नभएको उहाँको भनाई छ ।