शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुली हरिहरपुरगढीका युवाहरु जस्को तन जहाँभएपनि मन जन्मस्थलमै छ

शुक्रवार , जेठ ९, २०७७

सिन्धुली ,९ जेठ – को रोना भा इरस (को भिड–१९) ले विश्वलाई नै आ तंकित बनाइरहेको छ । नेपालमा पनि को रोनाका कारण उत्पन्न स मस्याले जनजिवन अ स्तव्यस्त भएको छ । यस्तो समयमा देश तथा बिदेशमा रहेका हरेक नेपाली युवालाई आफ्नो गाउँघरको याद नआउने कुरै भएन । स्वदेश तथा विदेशमा रहेका हरिहरपुरगढीका युवाहरु पनि गाउँघर सम्झिएर उत्तिकै चि न्तित छन् । जन्मस्थल सिन्धुली हरिहरपुरगढी भएपनि विभिन्न देशमा रहेका युवाहरु को रोनाका कारण चि न्तित छन् । स्वदेश तथा विदेशमा रहेका युवारुलाई आफ्नो गाउँपालिकाका वि पन्न र ग रिब मजदुर परिवारले ल कडाउनको समयमा कसरी हा तमुख जोडिरहेका छन् भन्ने पि रलो छ । त्यसैले त युवाहरू रा हत जुटाउन कसरत गरिरहेका छन् ।

हरिहरपुरगढीका युवाहरूले पहिलो चरणमा १५० घरपरिवार रा हत सामाग्री जुटाएर रा हत वितरणकालागि स्थानीय सरकारलाई सहयोग गरेको थियो । तन हरेक स्थानमा भएपनि मन भने सिन्धुलीमै रहेको स्वदेश एवं विदेशमा रहेका युवाहरूको कदमले पुष्टि गर्दछ ।

देश तथा विदेशमा रहेका हरिहरपुरगढीका सम्पुर्ण युवाहरु एक भएर उक्त रकम जुटाएका हुन् । विभिन्न १२ देशमा रहेको सिन्धुली हरिहरपुरगढीका युवाहरुबाट उक्त रकम संकलन गरि गाउँपालिकाका वि पन्न र म जदुर परिवारलाई रा हत वितरण सहयोग गरिएको छ । यो सम्पुर्ण अभियानको नेतृत्व त्यस गाउँपालिकाका सम्पुर्ण युवाहरुको संयुक्तरूपमा सबैको उत्तिकै भुमिका, जिम्मेवारी र सहकार्यमा १५० बोरा चामल, ४५० केजि दाल, ३०० पोका नुन, ३०० लिटर तेल र ३०० साबुन वितरण गरिएको हो ।

हरिहरपुरगढीका युवाहरूलाई यतिले मात्र पुगेको छैन । आागामी दिनमा पनि स्थानिय निकायसंग सहकार्य गर्दै रा हतकालागि सहयोग गर्ने यस अभियानका एक अभियान्ताले बताउनुभयो । को रोना रो कथाम र नि यन्त्रणकालागि आफूहरुले सकेको सहयोग गर्ने उहाँले बताउनुभयो । यस अभियानका भाबी नितिको बारेमा बोल्दै उहाँले भन्नुभयो, “हरिहरपुरगढी प्रवेश गर्ने हरेक ना कामा क्वा रेन्टाइन निर्माणकालागि पनि स्थानीय सरकार संग पहल गरि सहकार्य गर्ने योजना बनाइरहेका छौँ । त्यसैगरि, स्थानिय निकायसँग सहकार्य गरेर जनचेतनामुलक होर्डिङ बोर्ड राख्ने सोच बनाएका छौँ ।”

उहाँहरुले घरघरमा पुगेर को रोना भा इरस सम्बन्धि पम्पलेट पुर्याउन पनि पहल गरिरहेको बताउनुभयो । यस अभियानको मुख्य उदेश्य गाउँपालिकाको युवाहरूलाई एक ढिक्का बनाइ सबैजना मिलि हातमा हात, साथमा साथ गरि त्यस ठाउमा आइपर्ने हरेकखाले बाधा अ फ्ठ्यारोहरुमा स्थानीय सरकारसँग हातेमालो गर्दै अघि बढ्ने रहेको छ । हरेक स्थानीय तहका युवाहरु एक भई स्थानीय सरकार सँग हरेक काममा समन्वय र सहकार्य गर्दै अघि बढेमा गाउँ, समाज र देश बिकास हुन समय नलाग्ने र अन्य ठाउका युवाहरूले पनि यसै गरि अघि बढोस् र सबै एक भएर लाग्नुपर्दछ भन्ने नारा रहेको एक अभियान्ताले बताउनुभयो ।

प्रतिक्रिया